Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

कृषि बैंक वीरगंजद्वारा किसान क्रेडिट कार्ड वितरण सुरु

spot_img
spot_img

बीरगन्ज । कृषि विकास बैंक वीरगन्ज शाखाले कृषकहरुलाई किसान क्रेडिट कार्ड वितरण सुरु गरेकाे छ । बैंकले वीरगंज महानगरपालिकाकाे वडा नं. १९ बिन्दवासिनीमा बुधबार एक कार्यक्रमकाे आयाेजना गरी किसान क्रेडिट कार्ड तथा कृषी मर्चेण्टलाई एमपिओएस वितरण गरेकाे हाे ।

पर्सा मै पहिलो पटक विन्दावासिनीमा श्री ओम बहुमुखी कृषि सहकारी संस्थासँगको सहकार्यमा क्रेडिट कार्ड तथा कृषि मर्चेन्टलाई  एमपिओएस वितरण गरिएकाे बैंकले जनाएकाे छ ।

कृषि विकास बैंक बीरगन्जका प्रबन्धक कोमल प्रसाद सिटौलाको सभापतित्वमा भएकाे कार्यक्रमकाे उद्घाटन कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका थिए । कार्यक्रम मै प्रमुख अतिथी समेत रहेका उपाध्यायले २६ जना कृषकहरुलाई किसान क्रेडिट कार्ड वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गदैै उनले मोबाईल बैंकिंक र क्रेडिट कार्डमार्फत कृषकहरुलाई कृषि सामाग्री खरीद गर्न यो सेवा लागु भएकाे वताए । यसले पैसा नै बोक्नुपर्ने अवस्थाको अन्त्य हुने उनकाे भनाई थियाे ।

कृषि विकास बैंक प्रदेश कार्यालय जनकपुरका निर्देशक राजेश कुमार श्रीवास्तवले कार्ड र डिजिटल प्रविधीको प्रयोग गर्ने विषयमा कृषकहरुलाई छिट्टै तालिमको पनि व्यवस्था गर्ने उदेश्यका साथ बैंक अघि बढेको बताए ।

कार्यक्रमममा पुर्व सांसद रामचन्द्र साह, श्री ओम बहुमुखी कृषि सहकारी संस्थाका अध्यक्ष ध्रुव प्रसाद यादव, नेता बाबुराम कौशिक, बैंकको डिजिटल बैकिंक विभागका वरिष्ठ ईन्जिनियर विरेन्द्र यादव, बैंकको सखुवाप्रसौनी शाखाका प्रबन्धम गुरुप्रसाद उपाध्याय, बैंकको पोखरिया शाखाका प्रबन्धक रघुनाथ मुखिया लगायतकाको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...