Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

जितपुरसिमराकाे शटर भाडा ३० प्रतिशतले कम गर्ने निर्णय

spot_img
spot_img

रोशन गुप्ता/
जीतपुर । बाराकाे जितपुरसिमरा उपमहानगरपालिकाले शटरकाे भाडामा ३० प्रतिशतले कटाैती गरेकाे छ ।

५२ औँ कार्यपालिकाकाे बैठकले उपमहानगरपालिकाकाे शटरकाे भाडामा ३० प्रतिशतले कम गर्न निर्णय भएकाे जितपुरसिमरा उपमहानगरपालिकाकी उप–मेयर सरस्वती देवी चौधरीले बताइन ।

बैठकले सटरको विषयमा कुरा आउदा खेरी हाम्रो गुदरी बजार मात्र होइन कि जितपुर र सिमरामा रहेका शटर भाडामा कम गर्ने निर्णय भएकाे उनले जानकारी दिइन ।

उपमहानगरपालिकाले ३० प्रतिशत भाडा रेट कम गरे पनि व्यसायीहरु असन्तुष्ट नै रहेका छन् । उपमहानगरपालिकाले एकै चोटी ४०० प्रतिशत सेटर भाडा बढाएर ३० प्रतिशत घटाउनु निर्णयले पनि व्यापारीहरु असन्तुष्ट छन् । 

व्यपारीहरुको क्षमता भन्दा धेरै शटर भाडा भएकाे जितपुरसिमरा नगर उधोग वाणिज्य संघका महा सचिव शिवजी साह सोनारले बताए । सरकारले तोकेको मापदण्ड अनुसार पहिलाको जुन भाडा थियो त्यसलाई नै लागु गरोस भन्ने व्यपारीहरुको भनाई रहेको छ । उमहानगरपालिकाले हामीसंग कुनै सल्लाह नै भाड बढाएकाे उनले वताए ।

सुरुमा उहाँहरुले सल्लाह गरेर शटर भाडा बढाउने भने पनि त्यसाे नगरेकाे र ४०० प्रतिशत शटर भाडा बढाएर ३० प्रतिशत मात्र घटनाउनु निर्णय स्वागत याेग्य हुन नसक्ने महासचिव साेनारले वताए ।

लामाे समयदेखी जितपुरसिमरा उपमहानगरपालिकाको व्यव्सायीले सेटर भाडा दर रेट कम गर्न बिरोध गर्दै आएका थिए । जितपुरसिमरा उपमहानगरपालिकाले एकै पटक ४ गुणाले सेटर भाडा बढाएको कारणले आफुहरु मर्कामा परेकाे भन्दै व्यवसायीहरुले बारम्बार नगरपालिका घेराउ गर्दै आएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...