Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

जितपुरसिमराकाे शटर भाडा ३० प्रतिशतले कम गर्ने निर्णय

spot_img
spot_img

रोशन गुप्ता/
जीतपुर । बाराकाे जितपुरसिमरा उपमहानगरपालिकाले शटरकाे भाडामा ३० प्रतिशतले कटाैती गरेकाे छ ।

५२ औँ कार्यपालिकाकाे बैठकले उपमहानगरपालिकाकाे शटरकाे भाडामा ३० प्रतिशतले कम गर्न निर्णय भएकाे जितपुरसिमरा उपमहानगरपालिकाकी उप–मेयर सरस्वती देवी चौधरीले बताइन ।

बैठकले सटरको विषयमा कुरा आउदा खेरी हाम्रो गुदरी बजार मात्र होइन कि जितपुर र सिमरामा रहेका शटर भाडामा कम गर्ने निर्णय भएकाे उनले जानकारी दिइन ।

उपमहानगरपालिकाले ३० प्रतिशत भाडा रेट कम गरे पनि व्यसायीहरु असन्तुष्ट नै रहेका छन् । उपमहानगरपालिकाले एकै चोटी ४०० प्रतिशत सेटर भाडा बढाएर ३० प्रतिशत घटाउनु निर्णयले पनि व्यापारीहरु असन्तुष्ट छन् । 

व्यपारीहरुको क्षमता भन्दा धेरै शटर भाडा भएकाे जितपुरसिमरा नगर उधोग वाणिज्य संघका महा सचिव शिवजी साह सोनारले बताए । सरकारले तोकेको मापदण्ड अनुसार पहिलाको जुन भाडा थियो त्यसलाई नै लागु गरोस भन्ने व्यपारीहरुको भनाई रहेको छ । उमहानगरपालिकाले हामीसंग कुनै सल्लाह नै भाड बढाएकाे उनले वताए ।

सुरुमा उहाँहरुले सल्लाह गरेर शटर भाडा बढाउने भने पनि त्यसाे नगरेकाे र ४०० प्रतिशत शटर भाडा बढाएर ३० प्रतिशत मात्र घटनाउनु निर्णय स्वागत याेग्य हुन नसक्ने महासचिव साेनारले वताए ।

लामाे समयदेखी जितपुरसिमरा उपमहानगरपालिकाको व्यव्सायीले सेटर भाडा दर रेट कम गर्न बिरोध गर्दै आएका थिए । जितपुरसिमरा उपमहानगरपालिकाले एकै पटक ४ गुणाले सेटर भाडा बढाएको कारणले आफुहरु मर्कामा परेकाे भन्दै व्यवसायीहरुले बारम्बार नगरपालिका घेराउ गर्दै आएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...