Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

जितपुरसिमराकाे राजधानी शहर मै छैन सार्वजनिक शाैचालय

spot_img
spot_img
जीतपुर । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ७ जितपुरमा सार्वजनिक शाैचालय नहुदा समस्या हुने गरेकाे छ । 
 
जितपुर सिमराकाे राजधानी शहरकाे रुपमा चिनिने ठाउँमा सार्वजनिक शाैचालय नहुदा समस्या भएकाे स्थानियहरुले वताएका छन् । साे ठाउँ व्यपारीक तथा उधोगिक क्षेत्र भए पनि सार्वजिक शाैचालय नहुदा यात्रु र सर्वसाधारणलाई दिशापिसाब गर्न समस्या हुने गरेकाे स्थानियहरुकाे गुनासाे छ ।
 
जनप्रतिनिधि निर्वाचित भएकाे ४ बर्षमा पनि नगरपालिकाले साे क्षेत्रमा सार्वजनिक शाैचालय बनाउन सकेकाे छैनन् । नेपाल नै खुल्ला दिशामुक्त क्षेत्र भएपनि साे क्षेत्रमा सार्वजनिक शाैचालय नहुदा सर्वसाधारण बहिर नै दिशापिसाब गर्ने गरेका छन् ।  
 
शाैचालय निर्माण नहुनुमा नगरपालिकाले वडालाई र वडाले नगरपालिकालाई दोस दिदै आएकाे छ । जितपुर–७ नरायणी अंचल कै सस्तो व्यपारीक नगरी भएको कारणले गर्दा यहाँ देशका अनेकौ जिल्लाबाट मानिसहरु आउनु गरेकाे र मानिसहरुको अत्यधिक चाप भएको कारणले गर्दा सार्वजनिक शाैचालयकाे आवश्यकता रहेकाे व्यापारीहरुले वताएका छन् ।
 
नगरपालिकाले कर उठाउनु बाहेक अरु केही नगरेको व्यपारीहरुकाे गुनासाे छ । नगरपालिकाले आफ्नाे लागि टायल वाला शाैचाल्य र लिफटकाे सुविधा राखे पनि सार्वजनिक शाैचालय निर्माण नगरेकाे स्थानियहरुले वताए छन् ।
 
यसका साथै  आम जनताहरुले घरमा बनाएको शाैचालय सफा गर्ने सेफटी टैंक मेसिन १४ महिनादेखि विग्रीदा नगरपालिकाले हाल सम्म मर्मत गर्न सकेकाे छैन् ।
 
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेत कुमार पोखरेलले नगरपालिकाले राजधानी सहर जीतपुर–७ मा शाैचलय बनाउन खोजे कै हो तर वडाले ठाउँ उपलब्ध नगराएको कारणले बन्न नसकेकाे वताए । उनले पहिलाको एैलानी र रेल्वेको जग्गामा जितपुर वासीले अनाधिकृत रुपमा घरबानाएको कारण पनि सार्वजनिक शाैचालय बनाउन समस्या भएकाे वताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...