Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

जितपुरसिमराकाे राजधानी शहर मै छैन सार्वजनिक शाैचालय

spot_img
spot_img
जीतपुर । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ७ जितपुरमा सार्वजनिक शाैचालय नहुदा समस्या हुने गरेकाे छ । 
 
जितपुर सिमराकाे राजधानी शहरकाे रुपमा चिनिने ठाउँमा सार्वजनिक शाैचालय नहुदा समस्या भएकाे स्थानियहरुले वताएका छन् । साे ठाउँ व्यपारीक तथा उधोगिक क्षेत्र भए पनि सार्वजिक शाैचालय नहुदा यात्रु र सर्वसाधारणलाई दिशापिसाब गर्न समस्या हुने गरेकाे स्थानियहरुकाे गुनासाे छ ।
 
जनप्रतिनिधि निर्वाचित भएकाे ४ बर्षमा पनि नगरपालिकाले साे क्षेत्रमा सार्वजनिक शाैचालय बनाउन सकेकाे छैनन् । नेपाल नै खुल्ला दिशामुक्त क्षेत्र भएपनि साे क्षेत्रमा सार्वजनिक शाैचालय नहुदा सर्वसाधारण बहिर नै दिशापिसाब गर्ने गरेका छन् ।  
 
शाैचालय निर्माण नहुनुमा नगरपालिकाले वडालाई र वडाले नगरपालिकालाई दोस दिदै आएकाे छ । जितपुर–७ नरायणी अंचल कै सस्तो व्यपारीक नगरी भएको कारणले गर्दा यहाँ देशका अनेकौ जिल्लाबाट मानिसहरु आउनु गरेकाे र मानिसहरुको अत्यधिक चाप भएको कारणले गर्दा सार्वजनिक शाैचालयकाे आवश्यकता रहेकाे व्यापारीहरुले वताएका छन् ।
 
नगरपालिकाले कर उठाउनु बाहेक अरु केही नगरेको व्यपारीहरुकाे गुनासाे छ । नगरपालिकाले आफ्नाे लागि टायल वाला शाैचाल्य र लिफटकाे सुविधा राखे पनि सार्वजनिक शाैचालय निर्माण नगरेकाे स्थानियहरुले वताए छन् ।
 
यसका साथै  आम जनताहरुले घरमा बनाएको शाैचालय सफा गर्ने सेफटी टैंक मेसिन १४ महिनादेखि विग्रीदा नगरपालिकाले हाल सम्म मर्मत गर्न सकेकाे छैन् ।
 
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेत कुमार पोखरेलले नगरपालिकाले राजधानी सहर जीतपुर–७ मा शाैचलय बनाउन खोजे कै हो तर वडाले ठाउँ उपलब्ध नगराएको कारणले बन्न नसकेकाे वताए । उनले पहिलाको एैलानी र रेल्वेको जग्गामा जितपुर वासीले अनाधिकृत रुपमा घरबानाएको कारण पनि सार्वजनिक शाैचालय बनाउन समस्या भएकाे वताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...