Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कलैयामा नेकपा र जसपाकाे विजयी जुलुश सम्पन्न

spot_img
spot_img

बारा । प्रतिनिधि सभा पुुन:स्थापना गर्ने सर्वाेेच्च अदालतको फैसलाको स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव समुह र जनता समाजबादी पार्टी बाराले कलैयामा बिजयी जुलुस निकालेेकाे छ ।

कलैया रामजानकी मंदिरबाट निस्केको बिजयी जुलुसमा सम्मानित अदालत जिन्दावाद, यो जित कसको ? जनताको लगायतकाे नाराका साथ राजदेबी मंदिर हुँदै गुप्ता सिनेमा हल भइ बारा जिल्ला अदालतलमा पुगी मुल गेटमा फुलमाल लगाउदै नयाँ बस पार्क हुँदै भरत चौकमा पुगी काेण सभामा परिणत भएकाे थियो ।

जसपाका बारा अध्यक्ष अजय पटेलकाे अध्यक्षतामा भएकाे सभामा नेकपा प्रदेस कमिटि सदस्य प्रभु यादव, रामकिशोर यादव लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन नेकपाका जिल्ला कमिटी सदस्य मुकेश साहले गरेका थिए ।

बिजय जुलुसमा जनता समाजबादी पार्टिका केन्द्रिय सदस्य तथा बारा क्षेत्र नं‍. ३ का प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव, रामश्हाय यादव, संविधान सभा सदस्य प्रमोद गुप्ता, रमेश यादव र नेपाल कम्युनिस्ट पार्टी बारा जिल्ला कमिटी सदस्य जवाहिर अंसारी, रमेश साह, धुर्ब यादव, आबिद अंसारी, युवा नेता बैधनाथ साह, रमोद यादव, संदिप यादव, इमरान आलम लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...