Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

धर्मनिरपेक्षता कसैले समाप्त गर्न सक्दैन : डा. ठाकुर

spot_img
spot_img

बारा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल निकटकाे मुस्लिम संगठन नेपाल बाराले मंगबार कलैयामा बिरोध सभा गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यलयकाे फागुन २ गते पुर्ब निधारित कार्यक्रम अनुसार प्रतिगमन विरुद्ध बिरोध कार्यक्रम गरेकाे हाे ।

जिल्ला पार्टी कार्यलय बाराबाट निस्केको बिराेध जुलुस गुप्ता पेट्रोल पम्प, भरत चौक, राजदेबी मंदिर हुँदै पुन: जिल्ला पार्टी कार्यलयमा पुगि बिरोध सभामा परिणत भएकाे थियाे । 

नेकपाका केन्द्रिय सदस्य तथा बारा जिल्ला सह-इन्चार्ज डाक्टर गोपाल ठाकुरले धर्मनिरपेक्षता कसैले समाप्त गर्न नसक्ने वताए । उनले भने “आफै धर्मनिरक्षेपता आएकाे हाेइन, नेपालको जन आन्दोलनबाट आएको हो, बैलगाडा चढने केपि ओलीले दिएको हाेइन त्यही कसैले समाप्त गर्न सक्दैन ।” 

 अर्का केन्द्रिय सदस्य तथा वीरगंज महानगर इन्चार्ज दिनेश राईले नङ र मासु जस्तै मुस्लिमसंग नेपालकाे सम्बन्ध रहेकाे वताए । उनले भने “माछा र पानी, जमिन र बीउको सम्बन्ध जसरी हुन्छ त्यसरी नै मुस्लिम संगठन नेपालको सम्बन्ध रहेको छ ।”

मुस्लिम संगठन नेपाल बाराका अध्यक्ष आबिद हुसैंन अंसारिकाे अध्यक्षतामा भएकाे बिराेधकाे कार्यक्रममा बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ, प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, सीता गुरुङ, प्रदेश कमिटी सदस्य राजन पौडेल, संविधान सभा सदस्य शिव चन्द्र कुश्वाहा, महम्मद समिउल्लाह, हसनजान अंसारी, राज खान, अबुलेस अंसारी लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन मुस्लिम संगठन नेपाल प्रदेश कमिटी सदस्य इमरान आलम गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...