Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सर्वाेच्चकाे संसद पुर्नस्थापनाकाे निर्णयले संविधानकाे रक्षा र जनताकाे जित

spot_img
spot_img

वीरगंज । प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको नेकपा पर्साले जनाएकाे छ ।

नेकपाका पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह र जिल्ला सचिव विजय महताेले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै सर्वाेच अदालतकाे निर्णयले संविधानकाे रक्षा र जनताकाे जित भएकाे वताएका छन् ।

जारी विज्ञप्तीमा संविधानका प्रावधानलाई मिचेर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गरिएकाे छ । 

साथै विज्ञप्ती मार्फत सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, पत्रकारलाई हार्दिक धन्यवाद समेत व्यक्त गरिएकाे छ ।

त्यसैगरी, नेकपाका वीरगंज महानगर सचिव मनाेज चाैधरीले सर्वाेचच्च अदालतकाे संसद पुर्नस्थापनाकाे निर्णयले न्यायलय प्रति विश्वास बढेकाे वताएका छन् । उनले कालिका टाईम्ससंग कुरा गर्दै सर्वाेच्च न्यायसंवत निर्णयले संविधानकाे रक्षा र जनताकाे जित भएकाे प्रतिक्रिया दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...