Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

अनुगमन नहुदा चिरानहरुमा बिना चाटा लागेको काठ फेला पर्दै

spot_img
spot_img

पर्सा । जिल्ला वन डिभिजन कार्यालय पर्साबाट अनुगमन नहुदा चिरानहरुमा बिना चाटा लागेको काठ ब्यापक रुपमा पाइएको छ ।

जिल्ला वन कार्यालको मिलोमतोमा काठका गोलाईहरु बिना खरिद पुर्जीको वीरगंजको बिभिन्न चिरानहरुमा आउने गरेको स्राेतले जनाएको छ । विन्दवासिनी साझेदारी वन ब्यवस्थापन समितीका संयोजक रिजवान मियाँ र प्रस्तावित गादीमाई साझेदारी वन ब्यवस्थापन समितीका सह संयोजक सहरुम राउत गद्दीका अनुसार अनुगमनलाई तिब्रता दिइयो भने वनबाट हुने काठको चोरीपैठारी रोकिन सकिन्छ ।

पर्सा जिल्ला लगायत बाराका केही भागमा पनि वनजंगलबाट कच्चा काठ कटानी गरी साईकल, मोटरसाईकल तथा अन्य सवारीसाधनमा लुकाईछुपाई जिल्लाका बिभिन्न चिरान मिलहरु लगायत वीरगंजका चिरानहरुमा पनि काठका गोलाई पुग्ने गरेको स्थानियहरु बताएका छन् ।

वन कर्मचारी र प्रहरीप्रशाससनको मिलोमतोमा काठको तस्करीमा बृद्धि भई सदरमुकाम सम्म पुग्ने गरेको प्रत्यक्षदर्शीहरु बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रेडक्रसको केन्द्रीय सदस्य बनेका सर्राफलाई वीरगंजमा सम्मान

वीरगंज । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत पर्साका विक्की कुमार सर्राफलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत गठित रेडक्रस एक्सन टिम (RCAT)...

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...