Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

तेस्राे पर्सागढी गाेल्ड कप : युनाइटेड क्लब वीरगंज फाइनलमा प्रवेश

spot_img
spot_img

पर्सागढी । बागमती युवा क्लब सर्लाहीलाई हराउदै युनाइटेड क्लब वीरगंज तेस्रो पर्सागढी गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

पर्सागढीी नगरपालिकाकाे सहयाेग र आमोदेवी युवा स्पोट्स क्लवको आयोजनामा पर्साको बढनिहारमा जारी गाेल्ड कपकाे बुधबारकाे पहिलो सेमीफाइनल खेलमा सर्लाहीलाई ट्राईब्रेकरमा हराउदै वीरगंज फाइनलमा पुगेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलको निर्धारित ८० मिनेटमा पनि दुबै टिमले कुनै गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा धकेलियको थियो ।

बागमती क्लब सर्लाहीबाट प्रहार गरिएको बल बीरगंज युनाइटेडका गोल रक्षक दिलमनि चौधरीले रोकेपछि युनाइटेड क्लब बीरगंज विजयी बनेको थियाे । खेलको म्यान अफ दि म्याच वीरगंजका गोल रक्षक दिलमनी चौधरी भए ।

उनलाई आयोजक आमोदेबि युवा स्पोर्ट्स क्लबका अध्यक्ष शम्भु दास थारुले नगद सहित सम्मान गरेका थिए ।

फाइनल प्रवेशका लागी भोलि आयोजक आमोदेबि युवा स्पोर्ट्स क्लब बढनिहार र फ्युजन फुटबल क्लब गाइघाट उदयपुर बीच प्रतिष्पर्धा हुने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...