Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026

पकहा मैनपुरमा विद्यालय व्यवस्थापन समितिकाे विषयमा विवाद

spot_img
spot_img

बीरगंज । पर्साको पकाहा मैनपुर गाउँपालिमा विद्यालय व्यवस्थापन समिति गठनकाे विषयमा पनि विवाद भएकाे छ ।

गाउँपालिकाकाे वडा नं ०३ मा रहेको श्री राम चरित्र भगत माध्यमिक विद्यालयको व्यास्थापन समिति गठन शिक्षा नियमावली विपरीत गर्ने लागिएको गाउँबासी तथा अभिभावकहरुले आरोप लगाएका छन् ।

संघीय शिक्षा नियमावली विपरीत गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाले आफै निर्णय गरी अर्को नियम बनाएर समिति गठन गर्ने चलखेलमा लागेकाे अभिभावकहरुकाे आराेप छ । गाउँपालिका अध्यक्ष चाैरसिया आफु खुसी शिक्षा नियमावली बनाई आधारभूत तहका विद्यामलामा सम्बन्धित वडा अध्यक्ष वा निजले तोकेको ब्यक्ति र माध्यामिक तहमा गाउँपालिका अध्यक्ष वा निजले तोकेको ब्यक्ति नै विद्यालय व्यस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गराएका छन् ।

साे नियमावलीकाे विराेधमा अहिले अदालतमा परेकाे मुद्दा विचारधिन अवस्थामा रहेकाे छ । तै पनि गाउँपालिका अध्यक्ष चाैरसियाकाले एकलाैटी तरिकाले विद्यालय व्यवस्थापन समिति गठन गर्न लागेपछि अभिभावकहरुले विराेध जनाएका छन् ।

उक्त नियमको विरोध गर्दै गाउँपालिका बासी तथा अभिभावकहरुले आइतबार विद्यालयमा गई प्रधानाध्यापकालाई ध्यानाकर्षण गराएका थिए । अभिभाकहरुले संघीय शिक्षा प्रणालीको व्यवस्था अनुसार समिति गठन गर्ने माग समेत गरेका थिए । त्यसपछि विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष चयन गर्ने गाउँपालिका अध्यक्ष चाैरसियाकाे प्रयास असफल भएकाे थियाे ।

यस विषयमा विद्यालयका प्रधानाध्यापक छाेटेलाल साहसंग बुझ्दा संघिय शिक्षा नियमावली विपरीत समिति गठन गर्ने काम भएकाे स्विकार गर्दै गाउँपालिकाले बनाएकाे शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन गठन गर्न लागिएकाे वताए ।

प्रधानाध्यापक साहले त्यसकाे विरोध भएपछि व्यवस्थापन समिति गठन गर्ने प्रक्रिया स्थगित गरी छलफलकाे माध्यमले विवादकाे टुंगाे लगाउनु प्रयास भइरहेकाे वताए ।

नेपाल विद्यार्थी संघका जिल्ला सचिव राकेश कुशवाहाले अभिभावकको अधिकारको हनन नेपालको संविधान तथा संघिय शिक्षा नियमावली विपरीत गाउँपालिका अध्यक्षले एकलौटी रुपले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोक्न नपाइने वताए ।

उक्त नियमको विराेधमा स्थानिय नेता हरी चौहान, सिन्धु मेहता, राम नाथ साह, नर्सुलाह अंसारी, नवल पटेल, अनिल साह लगायतका अभिभावक तथा स्थानियहरु विद्यालय पुुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...