Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

शिक्षा क्षेत्रको विकासले मात्र देशको भविष्य उज्ज्वल हुन्छ : प्रदिप यादव

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित श्री नेपाल राष्ट्रीय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुर मुर्लीमा रहेको भवनमा तल्ला थप्ने कार्य सुरु भएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का विघटित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले सोमबार एक कार्यक्रम बीच शिलन्यास गरेपछि भवन निर्माण कार्य सुरु भएको हो ।

भवन निर्माणका लागि सांसद् यादवले आफ्नो संसदीय विकास कोषबाट २५ लाख रुपैयाँ दिएकाे वताइएकाे छ । उनले दिएको रकमबाट विद्यालयमा रहेको भवनमाथि ४ वटा कक्षाकोठा निर्माण गरिने छ ।

शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका यादवले शिक्षा क्षेत्रको विकास भए मात्र देशको विकास सम्भव भएको बताए ।

उनले शिक्षा क्षेत्रको विकास नभएसम्म अन्य क्षेत्रको विकासको कुनै मतलब नभएको तर्क गरे । ‘हामीले सडक बनायौं, पूल बनायौं, ठूलाठूला भवन बनायौं तर समाजका व्यक्ति अशिक्षित छन् भने त्यो सम्पूर्ण विकासको कुनै फाईदा हुँदैन ।’

सांसद् यादवले श्रीपुर विद्यापीठलाई देशकै नमुना विधालयको रुपमा स्थापीत गर्न सबैको सहयोग आवश्यक रहेको बताए । विद्यालयको पूर्वाधार विकाससँगसँगै शिक्षाको सतरमा समेत सुधार ल्याउँन उनले शिक्षकहरुसँग आग्रह गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोक टेमानीको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदस्य आत्माराम साह, वीरगञ्ज महानगरपालिकाका कार्यपालिका सदस्य अरविन्द गुप्ता, वडा नम्बर ११ का वडा अध्यक्ष प्रधुमन सेढाई, सुरजी देवी माविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अजय गुप्ता, वडा नम्बर ११ का अभिभावक विनोद महतो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक अनिल कुमार बरनवालले गरेका थिए भने सहजिकरण विद्यालयका शिक्षक राम प्रसाद पाण्डेले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...