Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

किलिंकरका कारण रजतजयन्तीकाे जनजिवन प्रभावित

spot_img
spot_img

वीरगंज । ट्रकमा ओभर लाेड गरी किलिंकर ओसारपाेसारका कारण वीरगंजकाे रजतजयन्ती चाैककाे जनजिवन प्रभावित हुदा स्थानियहरुले साेमबार बिराेध प्रदर्शन गरेका छन् ।

स्थानियहरुका अनुसार सिमेन्ट बनाउनकाे लागि प्रयाेग हुने किलिंकर बाेकेकाे ट्रक दिनहु साे बाटाे भएर ४ सयदेखी ५ सयकाे संख्यामा नेपाल भित्रिने गरेकाे छ । किलिंकर ट्रकमा ओभर लाेड भएका कारण त्यसकाे धुलाे बाटाेमा आवतजावत गर्ने सर्वसाधारणलाई खानु परेकाे छ । त्यसका कारण मानिसकाे स्वास्थ्यमा समेत असर परिरहेकाेले बिराेध प्रदर्शन गरिएकाे स्थानियहरुले वताएका छन् ।

ट्रकमा किलिंकर ओभर लाेड भएका कारण बाटाेमा छर्दै जाने गरेकाे स्थानिय लालदेव प्रसाद यादवले वताए । ट्रकबाट उडेकाे किलिंकर बाटाेमा छर्नुकाे साथै घरमा समेत पस्ने गरेकाे उनले वताए । त्यस कारण बाताबरण प्रदुशषण हुनुकाे साथै स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेकाे उनकाे गुनासाे छ ।

स्थानिय प्रशासनलाई यस बारे ध्यानकार्षण गराउदा पनि कुनै सुनवाई नभए पछि बाध्य भएर बिराेध प्रदर्शनमा उत्रनु परेकाे यादवले वताए । अझै पनि ट्रककाे ओभर लाेड राेकिएन भने अनिश्चितकालिन चक्का जाम गर्ने प्रदर्शनकारीहरुले चेतावनी समेत दिए ।

स्थानियहरुले साेमबार विहान ११ बजेदेखी १२ बजे सम्म एक घण्टा चक्का जाम गरी बिराेध प्रदर्शन गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...