Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

सालको गोलिया सहित एक जना पक्राउ

spot_img
spot_img
जिराभवानी । सशस्त्र प्रहरी बिओपी महादेवपट्टीले गएराति ७ क्युफिट सालको गोलिया र एकवटा साइकलसहित मानिसलाई नियन्त्रणमा लिएको छ ।
 
जिराभवानी गाउँपालिका–२ लाटोमाईबाट बिओपी महादेवपट्टिका सशस्त्र प्रहरी निरीक्षक केदार राईको नेतृत्वमा गएको गस्ती टोलीले साइकल सालको गोलिया र मान्छेसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा जिराभवानी गाउँपालीका वडा नम्बर ५ सखुवनियाका गणेश महतो कम्कर रहेको सशस्त्र प्रहरी निरीक्षक राईले बताए ।
 
बरामद गोलिया साईकल र मान्छेलाई आवश्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय बसन्तपुरमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक राईले बताए ।
 
जाडो र कुहिरिको फाइदा उठाएर अहिले काठ तस्करहरूले व्यापकरूपमा वनविनाश गरिरहेको वनकर्मीहरूले नै बताएका छन् ।
 
अहिले ज्यालादारी मजदूरी गर्नेहरू फुर्सदमा रहेका समयमा राष्ट्रिय वनजङ्गल पस्ने र काँचो दाउरा ल्याउने गर्दा वनविनाश बढ्दै गएको पनि वनकर्मीहरूको भनाइ छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रेडक्रसको केन्द्रीय सदस्य बनेका सर्राफलाई वीरगंजमा सम्मान

वीरगंज । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत पर्साका विक्की कुमार सर्राफलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत गठित रेडक्रस एक्सन टिम (RCAT)...

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...