Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

कटुवा पेस्तोलसहित वीरगंजका युवक पक्राउ

spot_img
spot_img

वीरगंज । अवैध हतियार बोकेर भारतबाट नेपाल ल्याउँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सिया बस्ने २४ वर्षीय राम साह भन्ने उपेंरा साह रहेका छन् ।

भारतीय विआर ५ एफ ४६४७ नम्बरको भारतीय मोटरसाइकलमा सवार भएर नेपाल आउँदै गरेको अवस्थामा प्रहरीले साहलाई बिहिबार पक्राउ गरेको थियो । शंकाको आधारमा साह सवार मोटरसाइकल रोकेर चेक गर्दा उनले आफ्नो शरीरमा लुकाएर राखेको एक थान घरेलु हतियार कटुवा पेस्तोल बन्दुकसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका साहलार्ई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...