Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

कटुवा पेस्तोलसहित वीरगंजका युवक पक्राउ

spot_img
spot_img

वीरगंज । अवैध हतियार बोकेर भारतबाट नेपाल ल्याउँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सिया बस्ने २४ वर्षीय राम साह भन्ने उपेंरा साह रहेका छन् ।

भारतीय विआर ५ एफ ४६४७ नम्बरको भारतीय मोटरसाइकलमा सवार भएर नेपाल आउँदै गरेको अवस्थामा प्रहरीले साहलाई बिहिबार पक्राउ गरेको थियो । शंकाको आधारमा साह सवार मोटरसाइकल रोकेर चेक गर्दा उनले आफ्नो शरीरमा लुकाएर राखेको एक थान घरेलु हतियार कटुवा पेस्तोल बन्दुकसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका साहलार्ई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ स्थित राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर...

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...