Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

चौतर्फी आलोचना र बिराेधपछि रामकुमारी झाँक्री रिहा

spot_img
spot_img

काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई निःशर्त रिहा गरेको छ ।

माघ १६ गते गोरखामा आयोजित सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै ‘जरुरी पक्राउ पूर्जी’ थमाएर उनलाई बिहीबार शंखमूलस्थित निवासबाटै पक्राउ गरेको थियो । उनलाई मीनभवनस्थित अपराध महाशाखा प्रमुख दिपक कार्कीको कार्यकक्षमा राखिएको थियो ।

प्रहरीले उनसँग राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको थियो । ‘राष्ट्रपति संस्थाप्रति सम्मान छ किनकि हाम्रो आन्दोलन रगत पसिनाले स्थापित गरेको संस्था हो’ झाँक्रीले भनिन्, त्यहाँ पुग्ने पात्रहरूको क्रियाकलापको न आलोचना गरिएको छ, यसमा पश्चाताप गर्नुपर्ने केही छैन ।’

प्रहरीले उनीसँग सोधपुछ गरिरहँदा पक्राउको चौतर्फी विरोध भइरहेको थियो भने प्रचण्ड–माधव समूह सम्बद्ध युवा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । चौतफी दबाबपछि प्रहरीले उनलाई झण्डै साढे ५ घण्टा नियन्त्रणमा राखेर रिहा गरेको हाे ।

महाशाखा प्रमुख एसएसपी दीपक थापाले पनि झाँक्रीलाई निःशर्त रिहा गरिएको बताए । ‘संवैधानिक राष्ट्रपतिप्रति मेरो सम्मान हिजो, आज र भोलि उत्तिकै छ । मैले संविधान प्रदत्त वाक् स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको हकको उपयोग मात्र गरेको हुँ भन्नुभयो’ उनले भने ‘त्यही आधारमा उहाँको श्रीमानको जिम्मामा छाडियो ।’

प्रहरी हिरासतबाट रिहा भएकी प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले राज्य विरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान उनलाई पक्राउ गरेको थियो । मीनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ उनलाई रिहा गरिएकाे हाे ।

रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको बताइन । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको भन्दै उनले लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको बताइन् ।

उनले अघि भनिन्, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...