Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

प्रथम पटेर्वासुगौली गोल्ड कपको बिजेता वीरगंज

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा आयाेजित प्रथम पटेर्वासुगौली गोल्डकपको बिजेता बीरगंज यूनिटी क्लब बनेकाे छ । प्रतियाेगिताकाे बुधबार भएकाे फाइनल खेलमा बीरगंज यूनिटीले अपौनीलाई १ गोलको बिरुद्ध २ गोलले जित हासिल गरेकाे हाे ।

खेल शुरु भएको पांच मिनेटमै बीरगंजका जर्सी नं‍. ५ सरोज तामाङले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । मध्यान्तर पछि तीन मिनेटमा अपौनीले पेलान्टीको अवसर पाए पछि एलेक्सले गोल गरी बराबरीमा ल्याएका थिए ।

निर्धारित समय सकिन ११ मिनेट बाकी हुदा बीरगंजका बिमल राणाले ह्याट्रिक गरी अर्को गोल गरी टिमलाई जिताउन निर्णायक परिणाम साबित गरे ।

बिजेता टिमलाई प्रमुख अतिथि पटेर्वासुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले रु २ लाखको चेक र ट्रफी प्रदान गरे । आयोजक संस्थाका अध्यक्ष मधुकान्त चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष ममता महतोले उप बिजेता टिमलाई एक लाख रुपैयाको चेक तथा ट्रफी प्रदान गरेका थिए ।

फाइनल खेलमा पहिलो गोल गर्ने सरोज तामाङलाई पटेर्वासुगौली गाउँपालिका बोर्डका सदस्यले नगद पांच हजार रुपैया उपहार दिए । खेलकाे मैन अफ दि म्याच बीरगंजका सुरज ठकुरी घोषित भएका थिए ।

त्यस्तै उत्कृष्ट गोलकिपरको उपाधि बीरगंजका सरोज तामाङ, उत्कृष्ट मिड फिल्डर अपौनीको राधेश्याम महतो, उत्कृष्ट डिफेन्डर बीरगंजका अनिल पटेल, उत्कृष्ट स्ट्राइकर बीरगंजका सन्त गुरुङ घोषित भए ।

त्यस्तै गगोल गर्ने अपौनीका अन्तर्राष्ट्रिय अब्दुलाह, उत्कृष्ट प्रशिक्षक बीरगंजका शुलभ राणा र मैन अफ दि सेरिज बीरगंजका बिमल राणा घोषित भए । यी खेलहरुलाई नगदसहित ट्रफी प्रदान गरिएको थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...