Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

वीरगंजका तीन विद्यालयमा अनुगमन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको ३ वटा बिद्यालयमा सोमबार राष्ट्रिय प्ररम्भीक कक्षा पढाई कार्यक्रमको अनुगमन गरिएको छ । समितीका संयोजक फतबहादुर श्रेष्ठको नेतृत्वमा श्री शिव प्राथमिक बिद्यालय रामगढवा, श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय चरकोट परसवा र श्री लक्ष्मी देवी बाबुलाल हंस बाहिनीमा अनुगमन गरिएको हो ।

अनुगमन समितीमा वीरगंज महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्ण, शिक्षक महासंघ नेपाल पर्साका अध्यक्ष तिर्थराज यादव लगायतका सदस्यहरुको सहभागिता रहेको थियो ।

कोभिड पश्चात पहिलो चोटी निस्केका टोलीले राम्रा कुराहरुलाई लागु गर्दै जाने र सुधार गर्नु पर्ने कुरा सुधार्नु पर्ने बिद्यालयका शिक्षक र ब्यवस्थापन समितीलाई आग्रह गरेको छ । अनुगमन समितीले कोरोनाका कारण पढाईमा असर परेका कारण अब अनुगमनलाई तिब्रता दिदै बिस्तारै सुधार तर्फ लैजाने सल्लाह दिइएको छ भने बिद्यालयहरुमा अध्ययन अध्यापन सोचे भन्दा राम्रो भएको तर धेरै कुराहरु सुधार्नु पर्ने ठहर गरेको छ ।

विद्यालयमा अझ पनि स्रोत र साधनको कमी रहेकोले स्रोत र साधन जुटाउन पहल गर्ने जनाएको छ ।

अनुगमज समितकिा सदस्य अरबिन्दलाल कर्णले पर्साको पालिका मध्ये वीरगंज महानगरपालिकाले शिक्षामा सबै भन्दा बढी रकम बिनियोजन गरेकोले शिक्षाका लागि कुनै कसर बाकी नराख्ने बताए ।

उनले कुनै पनि बहानामा पढाईलाई निरुत्साहित गर्ने काम मान्य नहुने समेत बताए । जिल्ला शिक्षा समन्वय ईकाई प्रमुखले शिक्षालाई सबैको सहयोगले अगाडी बढाउनु पर्ने कुरामा जोड दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...