Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली कांग्रेसको एक मात्र उद्देश्य संसद प्राप्ति : उपसभापति निधि

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. २८ बगहीमा आइतबार नेपाली कांग्रेसको बृहत आमसभा एवम् पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यसमिति बगहीको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले नेपाली कांग्रेसको एक मात्र उद्देश्य संसद प्राप्ति रहेको वताए ।

त्यसको लागि दुईटा विकल्प रहेको वताउदै उनले दुबैको लागि तयार रहन आग्रह गरे । उनले भने, ‘‘नेपाली कांग्रेसलाई संसद चाहिएको हो । त्यसको लागि दुईटा विकल्प छ, एउटा संसद पुर्नस्थापना हो र अक्रो निर्वाचन हो ।’’ यस सम्बन्धको मुद्दा अहिले सर्वाेच्चमा विचारधिन रहेकोले दुबै विकल्पको लागि तयार रहन आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका कारणले देशमा संकट आएकोे वताउदै उनले लोकतन्त्रमाथी खतरा भए आन्दोलनको लागि पनि तयार रहन आग्रह गरे ।

राजनितिक संकट समाधानको लागि प्रतिनिधि सभा पुर्नस्थापन हुनु पर्छ प्रष्ट पार्दै निधिले त्यसो भएन भने लोकतन्त्रको रक्षाको लागि चुनावमा पनि जानु पर्छ भने घुमाउरो तालमा धारणा राखे । उनले भने, ‘‘संसद विघटन नभएको भए पनि २०७९ मा चुनाव हुने भएकोले चुनावको तयारीमा हामी हुन्थ्यो नि । त्यही भएर नेपाली कांग्रेस के भन्दै छ के गर्दै छ त्यसतर्फ नजानुस दुबैको विकल्प लागि तयार रहनुस ।’’

कम्युनिष्टका कारण राजनीतिक संकट : फरमुलाह मंसुर

नेपाली कांग्रेसका केन्द्रिय सदस्य फरमुलाह मंसुरले बर्षौको लडाई पछि प्राप्त उपलब्धी कम्युनिष्ट सरकारका कारण गुम्ने र राजनीतिक संकट आएको बताए । राज्यको हरेक निकायमा दलित, मुस्लिम, मधेशी, थारु, महिला लगायतको मांग समाबेस गरिएको भएपनि नेकपाको आपसी लडार्ईका कारण त्यो उपलब्धी पनि गुम्ने खतरा आएकोलेले त्यसलाई बचाउँन कांग्रेसको बिकल्प नरहेको बताए ।

नेपाली कांग्रेस बगहीका सभापति सरजुग महतोको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, राजेन्द्र बहादुर आमात्य, पूर्व सांसद अनिल रुगंटा, रामेशवर रौनियार, प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा लगायतले मन्तव्य राखेका थिए ।

को को गरे पार्टी प्रवेश ?

कार्यक्रममा जनता समाजवादी पार्टी परित्याग गरि मुन्ना तिवारी, केशव साह कानु, दिनानाथ राउत, ह्दयनारायाण रायभर, देवनाथ सहनी मलाह, शिवरतन राउत, किसुनदेव साह गोढ, रबिन्द्र पटेल, उदव राम, रम्भु राम, भिखम राम, पुन्देव राम, किसोरी राम, प्रभु राम, राजिन्द्र राम, अकलेश कुमार मलिक, शंकर राम, जगदिश राम, नेकपा परित्याग गरी ओम प्रकाश गिरी, मुकेश पटेल, रुपनारायण महतो, बद्री महतो, दरोगा महतो, रमेश राम, सुरेश पण्डित, रुपलाल राम, राजेन्द्र पासवान, बलदेव राम, श्रीकान्त उपाध्याय, जमुना राम, चोकट राम, सरोज पासवान लगायतकाले पार्टी प्रवेश गरेका थिए ।

नव प्रवेशीहरुलाई गम्छा ओढाएर कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले पार्टीमा स्वागत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...