Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

हेल्पिङ युथ क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा न. ३ छपकैयामा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हेल्पिंग युथ क्लब अफ वीरगञ्जको आयोजनामा भएकाे कार्यक्रममा ३ महिलासहित एक सय एक जनाले रक्तदान गरेकाे क्लबका अध्यक्ष आबिद हुसैनले जानकारी दिए ।

क्बलका अध्यक्ष हुसैनकाे अध्यक्षताम भएकाे कार्यक्रममा समाजसेवी मनोज राउत कुर्मी, वडा न. ३ की दलित महिला सदस्य संगिता दास, लक्ष्मी चौरसिया, सैफ अलि, इरफान अंसारी, शाहबुद्दिन हवारी, सलमान हवारी, मन्सुर हवारी, अब्दुल्ला मन्सुरी, ताैहिद अंसारी, सहाबुदिन हवारी, सुनिल कुमार रौनियार, विजय सर्राफ, शंकर प्रसाद सोनार लगायतले रक्तदान गरेको हेल्पिङ युथ क्लब वीरगञ्जका सचिव इरफान अंसारीले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक राजेशराज पुरीले युवा क्लबले यसरी सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गर्न सराहनीय कदम भएको बताए । युवाहरुको एकरुपतामा सामाजिक क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा न. ३ का अध्यक्ष बैजुलाल .स्वर्णकार, जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय सदस्य राजेशमान सिंह, डाक्टर उद्यनारायण सिंह, एमईएस स्कुलका सञ्चालक एममामुदिन अहमद, समिर हवारी, सैफ अली लगायतको उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजका प्राविधिक सुजित पटेलकाे नेतृत्वकाे प्राविधिकहरुकाे सहयाेगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...