Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

हेल्पिङ युथ क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा न. ३ छपकैयामा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हेल्पिंग युथ क्लब अफ वीरगञ्जको आयोजनामा भएकाे कार्यक्रममा ३ महिलासहित एक सय एक जनाले रक्तदान गरेकाे क्लबका अध्यक्ष आबिद हुसैनले जानकारी दिए ।

क्बलका अध्यक्ष हुसैनकाे अध्यक्षताम भएकाे कार्यक्रममा समाजसेवी मनोज राउत कुर्मी, वडा न. ३ की दलित महिला सदस्य संगिता दास, लक्ष्मी चौरसिया, सैफ अलि, इरफान अंसारी, शाहबुद्दिन हवारी, सलमान हवारी, मन्सुर हवारी, अब्दुल्ला मन्सुरी, ताैहिद अंसारी, सहाबुदिन हवारी, सुनिल कुमार रौनियार, विजय सर्राफ, शंकर प्रसाद सोनार लगायतले रक्तदान गरेको हेल्पिङ युथ क्लब वीरगञ्जका सचिव इरफान अंसारीले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक राजेशराज पुरीले युवा क्लबले यसरी सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गर्न सराहनीय कदम भएको बताए । युवाहरुको एकरुपतामा सामाजिक क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा न. ३ का अध्यक्ष बैजुलाल .स्वर्णकार, जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय सदस्य राजेशमान सिंह, डाक्टर उद्यनारायण सिंह, एमईएस स्कुलका सञ्चालक एममामुदिन अहमद, समिर हवारी, सैफ अली लगायतको उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजका प्राविधिक सुजित पटेलकाे नेतृत्वकाे प्राविधिकहरुकाे सहयाेगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...