Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

पर्सा जिल्ला अदालतकाे संचारकर्मीसंग अन्तरक्रिया

spot_img
spot_img

वीरगञ्ज । पर्सा जिल्ला अदालतले शुक्रबार संचारकर्मीहरुकाे अन्तरक्रिया कार्यक्रम गरेकाे छ । जिल्ला अदाल मै भएकाे कार्यक्रममा बाेल्दै जिल्ला न्यायाधीश धर्मराज पौडेलले पर्याप्त कर्मचारी नहुँदा कामकारबाही प्रभावित भएको बताए ।

उनले भने “न्यायाधीशको संख्या थपियो तर कर्मचारीको दरबन्दी नथपिएकोले समस्या छ । एउटा इजलासमा कम्तीमा ५ जना कर्मचारी हुनुपर्ने हो । तर हामीकहाँ २/३ जना कर्मचारीले काम चलाउनुपर्ने बाध्यता छ ।”

भएको जनशक्तिलाई अधिकतम प्रयोग गरेको न्यायाधीश पौडेललेकाे भनाई थियाे । उनले केही अति आवश्यक जनशक्तिकाे लागि करारमा कर्मचारी भर्ना समेत गरि काम गराउनु परेकाे वताए ।

उनले अदालतको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामा आँच आउने समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गरे । सत्य र तथ्यमा अधारित समाचार प्रकाशन गर्दा कुनै फरक नपर्ने उनले प्रष्ट पारे ।

मुख्य न्यायाधीश पौडेलले फैसला कार्यान्वयन नहुँदा न्याय मर्ने भएकोले अदालत यसप्रति गम्भीर रहेकाे बताए । उनले फैसला कार्यान्वयन गराउन जाँदा अदालतका कर्मचारी समेत असुरक्षित हुन थालेपछि सुरक्षा मागिएको जानकारी दिए । त्यसका लागि जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी सहायक निरीक्षक, हवल्दार र जवान गरी तीन जनाको टोली खटाएको जानकारी गराए ।

कार्यक्रममा जिल्ला न्यायाधीश भाेलानाथ ढकाल, नारायण प्रसाद शर्मा, माधव प्रसाद मैनाली, हरिकृष्ण श्रेष्ठ, राजेश कुमार कटुवाल, उद्धव प्रसाद गजुरेल, श्रेस्तेदार कृष्ण  प्रसाद अधिकारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

साढे ४ हजार मुद्दा फर्छ्यौट हुन बाँकी

पर्सा जिल्ला अदालतमा ४ हजार ७ सय ६१ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ, जसमध्ये २ वर्ष नाघेका मुद्दा नै ५ सय ६८ वटा रहेको छ ।

जिल्ला अदालतका अनुसार १८ महिनादेखि २ वर्षभित्रको ६ सय ९४, १ वर्षदेखि १८ महिनाभित्रको १ हजार ३१ वटा, ६ महिनादेखि १ वर्षभित्रको ८ सय ८७ र ६ महिनाभित्रको १ हजार ५ सय ८१ वटा मुद्दा फर्छ्यौट हुन बाँकी छ ।

अदालतले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ हजार ८ सय ९५ वटा मुद्दा दर्ता भएकाेमा १ हजार १ सय ४५ वटा मुद्दाको छिनोफानो गरेको छ । पर्सा जिल्ला अदालतमा ९ वटा इजलासबाट मुद्दाको फैसला हुने गरेको छ ।

फैसला भइसकेका १ हजार १ सय २ वटा निवेदन फर्छ्यौट हुन बाँकी

पर्सा जिल्ला अदालतबाट फैसला भइसकेका १ हजार १ सय २ वटा निवेदन फर्छ्यौट हुन बाँकी छ । जसमा ६ महिना नाघेको ८ सय र ६ महिनाभित्रको ३ सय २ वटा मुद्दा छ ।

पुस मसान्तसम्ममा क्षतिपूर्ति भराउने र अदालती शुल्क भराउने शीर्षक बाहेकमा ३ सय ७५ वटा फैसला कार्यान्वयनसम्बन्धी निवेदन परेको छ । सोही अवधिमा अदालतले १ सय ६६ वटा फैसला कार्यान्वयनसम्बन्धी निवेदनको छिनोफानो लगाएको छ । कोभिड महामारी, जनशक्तिको असुरक्षा र भारतीय नागरिक स्वदेश फर्किएका कारण फैसला कार्यान्वयनको लक्ष्य पूरा हुन नसकेको तहसिलदार विनोद पोखरेलले जानकारी दिए ।

भारतीय नागरिकमाथि भएको दण्ड जरिवाना असुल गर्न समस्या हुने उनको भनाइ छ । ‘काठमाडौंबाट मान्छे झिकाएर एकै दिनमा ४४ लाखसम्म जरिवाना असुल गरेका छौं । तर जरिवाना र कैद लागेका अधिकांश मानिस भारतीय नागरिक छन्, त्यसले गर्दा उठाउन समस्या छ’ उनले भने ‘डोर परिचालनलाई प्रभावकारी बनाउन लागि परेका छौं ।’

अदालतले ९८ करोड ३१ लाख ५९ हजार ३ सय ४ रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ । विशेष अभियानमार्फत चालु आर्थिक वर्षको पुस महिनासम्ममा १ करोड ३४ लाख ४९ हजार ४ सय ८९ रुपैयाँ असुल भएको तहसीलदार पोखरेलले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल विवाद चर्कियो : चिकित्सकको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सकमाथिको आक्रमणको घटनाले नयाँ मोड लिएको छ । एकातर्फ...

गौतम माध्यमिक विद्यालयमा विद्यार्थी परिषद्ले पायो नयाँ नेतृत्व

वीरगंज । गौतम माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि गठन गरिएको विद्यार्थी परिषद् (स्टुडेन्ट काउन्सिल) लाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै...

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

वीरगंज । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल असार महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको...