Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

पाेखरिया युवा समाजद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

spot_img
spot_img
वीरगंज । पोखरिया युवा समाजले बिहिबार ६० जना दलित तथा विपन्न बर्गका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेकाे छ ।
 
युवा समाजले पाेखरिया नगरपालिकाकाे वडा नं. ६, श्रीसियास्थित रहेकाे दलित उत्थान प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई एक कार्यक्रमकाे शैक्षिक सामग्री वितरण गरेकाे हाे । विद्यार्थीहरुलाई कोपि, कलम तुथपेस्ट, ब्रश, नेल कटर, साबुन, क्लिएर ब्याज्ञ लगायतकाे सामग्री वितरण गरिएकाे युवा समाजका अध्यक्ष भगवानदास तात्वाले वताए ।
 
समाजका राज कुमार दास तत्वा, भाेला कुमार गुप्ता, आभाव राैनियार, राजकिशाेर साह राैनियार, मुनेश्वर साह कानु, मनिर मियाँ, नाैसाद आलम, दिपक कुमार यादवकाे सहयाेगमा समाग्री वितरण गरिएकाे उनले जानकारी दिए ।
 
समाजका अध्यक्ष तत्वाकाे अध्यक्षता र ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा युवा समाजकाे ताराचन्द शाह, राकेश महतो, मकबुल मियाँ अन्सारी, मुम्ताज मियाँ लगायतकाे उपस्थिति रहेकाे थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...