Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पाेखरिया युवा समाजद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

spot_img
spot_img
वीरगंज । पोखरिया युवा समाजले बिहिबार ६० जना दलित तथा विपन्न बर्गका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेकाे छ ।
 
युवा समाजले पाेखरिया नगरपालिकाकाे वडा नं. ६, श्रीसियास्थित रहेकाे दलित उत्थान प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई एक कार्यक्रमकाे शैक्षिक सामग्री वितरण गरेकाे हाे । विद्यार्थीहरुलाई कोपि, कलम तुथपेस्ट, ब्रश, नेल कटर, साबुन, क्लिएर ब्याज्ञ लगायतकाे सामग्री वितरण गरिएकाे युवा समाजका अध्यक्ष भगवानदास तात्वाले वताए ।
 
समाजका राज कुमार दास तत्वा, भाेला कुमार गुप्ता, आभाव राैनियार, राजकिशाेर साह राैनियार, मुनेश्वर साह कानु, मनिर मियाँ, नाैसाद आलम, दिपक कुमार यादवकाे सहयाेगमा समाग्री वितरण गरिएकाे उनले जानकारी दिए ।
 
समाजका अध्यक्ष तत्वाकाे अध्यक्षता र ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा युवा समाजकाे ताराचन्द शाह, राकेश महतो, मकबुल मियाँ अन्सारी, मुम्ताज मियाँ लगायतकाे उपस्थिति रहेकाे थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...