Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंजबाट एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंजबाट नेकपा प्रचण्ड माधव समूहका एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

वीरगंजकाे घण्टाघर चाैकबाट नेकपा वीरगंज महानगर कमिटी अध्यक्ष रहबर अन्सारी, जिल्ला कमिटी सदस्य मनाेज चाैधरी, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, शिवम साह, जुबेर आलाम, नेता अरबिन्द सिंह, टुनटुन तिवारी, सुनिल कुशवाहा, विद्यार्थी नेता रामबाबु मण्डल लगायत पक्राउ परेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदम विरुद्ध पार्टीकाे केन्द्रिय संघर्ष समितिद्वारा घाेषित नेपाल बन्दकाे कार्यक्रम सफल बनाउन घण्टाघर पुगेका आफुहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे प्रकाउ परेका मध्येका अनेरास्ववियुका केन्द्रिय सदस्य गुप्ताले वताए ।

पक्राउ परेकाे सबै जनालाई  जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएकाे छ ।

prakau netaharu

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...