Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नेपाल बन्द सफल पार्न वीरगंजमा मशाल जुलुश

spot_img
spot_img

वीरगंज । नेकपा प्रचण्ड-माधव समुहले बुधबार सांझ वीरगंजमा मशाल जुलुश प्रदर्शन गरेकाे छ । असंवैधानिक कदम विरुद्ध पार्टीकाे केन्द्रिय संघर्ष समितिद्वारा घाेषणा गरिएकाे बिहिबारकाे नेपाल बन्द सफल बनाउन मशाल जुलुश प्रदर्शन गरिएकाे अनेरास्ववियुका केन्द्रिय सदस्य शिवम साहले वताए ।

वीरगंजकाे घण्टाघरस्थित एक गल्लीबाट निस्केकाे मशाल जुलुश माईस्थान, महाविरस्थान, आदर्शनगर, घडिअर्वा हुदै पुन: माईस्थानमा पुगी काेण सभामा परिणत भएकाे थियाे । मशाल जुलुशकाे प्रदर्शनकाे क्रममा प्रहरीले हस्तक्षेप समेत गरेकाे थियाे ।

काेण सभालाई सम्बाेधन गर्दै नेकपा प्रदेश कमिटी सदस्य छाेटेलाल यादवले असंवैधानिक कदम विरुद्धकाे बन्दकाे कार्यक्रम सफल बनाउन सम्पूर्ण उद्याेगी, व्यवसायी, शैक्षिक संस्था, यातायात व्यवसायीहरुलाई आग्रह गरे ।

मशाला जुलुशमा नेकपा पर्सा जिल्ला सचिव विजय महताे, प्रदेश सदस्य रामबाबु बैठा, वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी,  युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, जुबेर आलम लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...