Date
मङ्ल, साउन २६, २०८३
Tue, August 11, 2026

चैत्र २७ मा पुष्प र श्रद्धाको ‘कृष्ण लीला’ रिलिज हुने

spot_img
spot_img

नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्ण लीला’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने पक्का भएको छ । दीपक ओलीको निर्देशनमा तयार भएको चलचित्रले नयाँ बर्षको छेकोमा हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ ।

यो चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेलले ‘कृष्ण–लीला’ दर्शकलाई नयाँ बर्षको कोसेली स्वरुप रिलिज गर्न लागेको बताए । आर आर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् । चलचित्रमा प्रकाश कार्की र केवल तामाङको लगानी छ ।

यो चलचित्रमा बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाँई लगायतका कलाकारले अभिनय गरेका छन् । लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा शिब ढकाल र बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन छ ।

चलचित्रमा समाबेश ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत भ्यालेन्टाइन डेको अवसर पारेर माघ ३० गते रिलिज गरिने निर्माणपक्षले बताएको छ । पूर्वी नेपालको पाँचथर, इलाम, झापा लगायतका जिल्लाका बिभिन्न रमणीय स्थलमा यो चलचित्रको छायांकन गरिएको छ ।

देशभरका हल संचालनमा आएपनि नयाँ चलचित्र रिलिज नहुँदा हलसम्म दर्शक पुगेका छैनन् । नयाँ बर्षको अवसरमा पुष्प र श्रद्धाको रोमान्टिक लभ स्टोरी चलचित्रले दर्शक तान्ने अपेक्षा निर्माणपक्षको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मानवसेवा आश्रम पुगे पर्साका प्रहरी प्रमुख भट्टराई, आश्रितलाई खाद्यान्न तथा भोजन सहयोग

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवन भट्टराईले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन गर्दै आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूका लागि खाद्यान्न तथा...

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...