Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

सरकारको लापर्वाहीका कारण पर्सामा हजारौ क्युफिट काठ कुहिँदै

spot_img
spot_img

वीरगंज । पर्साको वनजंगलमा हजारौ क्युफिट काठ नेपाल सरकारको निर्देशन बिना नष्ट हुने अवस्थामा पुगेको छ । नेपाल सरकारको सार्वजनिक सम्पति र सबैको पहुच पुग्ने ठाउ वनजंगल भए पनि बर्तमान अवस्थामा सरकारको स्पष्ट निती बिना हजारौ फिट काठ वनजंगलमा नष्ट हुन थालेको छ ।

काठ बनजंगलमा चाटा लगाईए पनि बिक्री बितरण नहुदा लाखौको क्षती रहेको बिन्दवासिनी बन ब्यवस्थापन साझेदारीका संयोजक रिजवान अंसारीले बताउनु भएको छ । अंसारीका अनुसार चाटा लगाईएको काठहरुलाई बिक्री बितरणको प्रक्रिया अगाडी बढाउदा प्रदेश सरकारले रोक लगाए पछि जंगलमै कुहिन थालेको बताए । यसैगरी लडेको, डढेको र सुकेको काठहरुको छपान र कटान नहुदा हाम्रै सम्पति नष्ट भईरहदा स्पष्ट निती नआउदा मुखदर्शक बन्न बाध्य भईएको संयोजक रिजवान अंसारीले गुनासो गरेका छन ।

यता प्रस्तावित गादीमाई वनब्यवस्थापन साझेदारीका संयोजक कृष्णमोहन यादवका अनुसार अस्पष्ट निती र कर्मचारीहरुको अर्दुदशताका कारण साझेदारीका जिम्मेवार बयक्तिहरु पनि मुखदर्शक बन्न बाध्य भएका छौ । यसरी नै निती र कर्मचारी तन्त्र हावी रहयो भने सार्वजनिक सम्पति नष्ट हुनुका साथै सर्वसाधारण ती पहुचबाट बंचित हुने स्पष्ट रहेको संयोजक यादवले बताएका छन ।

यसैगरी बढदो जाडो र हुस्सुमा वन कार्यालय र पालिकाहरुले दाउरा बितरण नगरेको स्थानियहरु बताएका छन । बिगतका दिनमा बिहेवारीमा, कथामटकोर, अष्टजाम, बिटोर जस्ता कामकाजमा सर्वसाधारणले पाउदै आएका दाउरा बर्तमान परिवेशमा जिल्ला वन डिभिजन कार्यालयले बितरण नगर्दा ती गतिबिधीहरुमा समस्या उत्पन भएको कालिकमाई गाउपालिका वडानम्बर २ गदियानीका रामप्रसाद साहले बताउनु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...