Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

छिपहरमाईमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । छिपहरमाई गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रममा २ महिला सहित ३२ जनाले रक्तदान गरेका छन् ।

गाउँपालिका कार्यालय भिस्वामा भएकाे कार्यक्रममा गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साह, गाउँपालिका प्रहरी गुडु गुप्ता, प्रमानन्द यादव, सनी कुमार, बिकाउ साह कानु, मनीलाल साह कानु, मनोज कुमार पटेल, प्रेम प्रसाद शर्मा, अमृत कुमार कलवार, मुकेश प्रसाद कानु, सत्रूधन यादव, उर्मिला पौडेल, पुतली बिक, रुपेश कुमार, मंजूर आलम, टुना महतो केवट, वीरेन्द्र महतो केवट, बिकी कुमार, तबरेज आलम, लालमहम्मद आलम, भोला साह कानु, मुन्ना प्रसाद साह, राजेश राउत कुर्मी, देवनाथ साह कलवार, निपु कुमार तिवारी, भुपेन्द्र साह कानु, सुनी कुमार, संजय साह, मुकेश कुमार चौरसिया, अर्जुन दास तत्वाले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा कार्यक्रम भएकाे थियाे । कसैलाई पनि रक्त अभावमा जान गुमाउन नपरून र मानवीय सेवा गरौं भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बताए ।

कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे र प्राविधिक जितेन्द्र कुशवाहाकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...