Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

छिपहरमाईमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । छिपहरमाई गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रममा २ महिला सहित ३२ जनाले रक्तदान गरेका छन् ।

गाउँपालिका कार्यालय भिस्वामा भएकाे कार्यक्रममा गाउँपालिका स्वास्थ्य संयोजक शम्भु साह, गाउँपालिका प्रहरी गुडु गुप्ता, प्रमानन्द यादव, सनी कुमार, बिकाउ साह कानु, मनीलाल साह कानु, मनोज कुमार पटेल, प्रेम प्रसाद शर्मा, अमृत कुमार कलवार, मुकेश प्रसाद कानु, सत्रूधन यादव, उर्मिला पौडेल, पुतली बिक, रुपेश कुमार, मंजूर आलम, टुना महतो केवट, वीरेन्द्र महतो केवट, बिकी कुमार, तबरेज आलम, लालमहम्मद आलम, भोला साह कानु, मुन्ना प्रसाद साह, राजेश राउत कुर्मी, देवनाथ साह कलवार, निपु कुमार तिवारी, भुपेन्द्र साह कानु, सुनी कुमार, संजय साह, मुकेश कुमार चौरसिया, अर्जुन दास तत्वाले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा कार्यक्रम भएकाे थियाे । कसैलाई पनि रक्त अभावमा जान गुमाउन नपरून र मानवीय सेवा गरौं भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बताए ।

कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे र प्राविधिक जितेन्द्र कुशवाहाकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...