Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

बाल संगठन पर्साको साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । नेपाल बाल संगठन पर्साको शनिबार साधारण सभा सम्पन्न भएको छ । सम्पन्न साधारण सभाले तदर्थ समितिका सभापति रामकिशोर सिंह (पराग)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नवगठित समितिको उप सभापतिमा निशा बर्मा, सचिवमा हेमन्त तामाङ, कोषाध्यक्षमा राजाबाबु रौनियार रहनु भएको छ । यस्तै सदस्यहरुमा मुकेस महरा, शुसिल केसी, पुकार सुवेदी र सृजना पाण्डे रहनु भएको छ ।

नेपाल बाल संगठनका केन्द्रीय प्रतिनिधि तथा वीरगञ्ज महानगरपालिका वडा नं.८ का वडाध्यक्ष राजकिशोर गुप्ताको प्रमुख आतिथ्यता तथा नेपाल बाल संगठन सर्लाहीका तदर्थ समिति सभापति समिम बाबु खानको विशिष्ट आतिथ्यतामा भएकाे कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिलाई बधाई दिँदै संगठनका प्रतिनिधि राजकिशोर गुप्ताले बालबालिकाको हकहितका क्षेत्रमा दृढ भएर लाग्न आग्रह गर्नुभयो ।

नेपाल बाल संगठको बिधान अनुरुप साधारण सभाबाट सर्वसम्मत चयन भएका सभापति सिंहले अन्य पदाधिकारी नियुक्त गर्नु भएको हो । नयाँ समितिले आगामी ४ वर्ष बालबालिकाको हितमा दृढ भएर काम गर्ने सभापति सिंहले प्रतिबद्धता जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...