Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

बाल संगठन पर्साको साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । नेपाल बाल संगठन पर्साको शनिबार साधारण सभा सम्पन्न भएको छ । सम्पन्न साधारण सभाले तदर्थ समितिका सभापति रामकिशोर सिंह (पराग)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नवगठित समितिको उप सभापतिमा निशा बर्मा, सचिवमा हेमन्त तामाङ, कोषाध्यक्षमा राजाबाबु रौनियार रहनु भएको छ । यस्तै सदस्यहरुमा मुकेस महरा, शुसिल केसी, पुकार सुवेदी र सृजना पाण्डे रहनु भएको छ ।

नेपाल बाल संगठनका केन्द्रीय प्रतिनिधि तथा वीरगञ्ज महानगरपालिका वडा नं.८ का वडाध्यक्ष राजकिशोर गुप्ताको प्रमुख आतिथ्यता तथा नेपाल बाल संगठन सर्लाहीका तदर्थ समिति सभापति समिम बाबु खानको विशिष्ट आतिथ्यतामा भएकाे कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिलाई बधाई दिँदै संगठनका प्रतिनिधि राजकिशोर गुप्ताले बालबालिकाको हकहितका क्षेत्रमा दृढ भएर लाग्न आग्रह गर्नुभयो ।

नेपाल बाल संगठको बिधान अनुरुप साधारण सभाबाट सर्वसम्मत चयन भएका सभापति सिंहले अन्य पदाधिकारी नियुक्त गर्नु भएको हो । नयाँ समितिले आगामी ४ वर्ष बालबालिकाको हितमा दृढ भएर काम गर्ने सभापति सिंहले प्रतिबद्धता जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा अव्यवस्थित बजार हटाउन महानगरको अल्टिमेटम, २१ दिनभित्र छपकैयामा सर्न निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको अल्टिमेटम दिएको छ ।...

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...