Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

ट्राफिक जनचेतना सहितकाे साइकल रैलीलाई पाेखरियामा स्वागत

spot_img
spot_img

वीरगंज । “हेल्मेट लगाउ ज्यान जाेगाउ, साइकल चलाउ बाताबरण जाेगाउ” नाराका साथ शनिबार पर्सामा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजबाट निस्केकाे ट्राफिक जनचेतना सहितकाे साइकल रैली पाेखरियामा पुगी सम्पन्न भएकाे थियाे । पाेखरिया पुगेकाे साइकल रैलीका सहभागिहरुलाई एक कार्यक्रमकाे बिच स्वागत समेत गरिएकाे थियाे ।

पाेखरिया युवा समाजकाे आयाेजनामा भएकाे स्वागत कार्यक्रममा वाेल्ने वक्ताहरुले ग्रामिण भेगामा पनि ट्राफिक नियम पालना गर्नु पर्नेमा जाेड दिए । वक्ताहरुले सवारी साधन चलाउदा तिब्रगति नचलाउन, माेबाइलकाे प्रयाेग नगर्न, अनिवार्य हेल्मेट प्रयाेग गर्न, मादक पदार्थ तथा लागु औषध सेवन गरे सवारी साधन नचलाउन लगायतका ट्राफिक नियम पालनामा जाेड दिएका थिए ।

पाेखरिया युवा समाजका अध्यक्ष भवगान दास तात्वाकाे अध्यक्षता र प्रदेश सभा सदस्य प्रहलाद गिरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रदेश नं. २ का ट्राफिक प्रहरी प्रमुख हिमालय श्रेष्ठ, प्रदेश सभा सदस्य मंजुर अन्सारी, पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियार, उप मेयर सलमा खातुन, ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुमन कार्की लगायतकाले मन्तव्य राख्दै ट्राफिक नियमकाे पालना गर्नु पर्नेमा जाेड दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य युवा समाजका सचिव इनरदेव पटेल, संचालन सदस्य राकेश महताे, धन्यावाद ज्ञापन युवा समाजका सदस्य सुजित गिरी र साइकलिङ क्लब वीरगंजका अध्यक्ष संजन अग्रवालले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...