Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

ट्राफिक जनचेतना सहितकाे साइकल रैलीलाई पाेखरियामा स्वागत

spot_img
spot_img

वीरगंज । “हेल्मेट लगाउ ज्यान जाेगाउ, साइकल चलाउ बाताबरण जाेगाउ” नाराका साथ शनिबार पर्सामा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजबाट निस्केकाे ट्राफिक जनचेतना सहितकाे साइकल रैली पाेखरियामा पुगी सम्पन्न भएकाे थियाे । पाेखरिया पुगेकाे साइकल रैलीका सहभागिहरुलाई एक कार्यक्रमकाे बिच स्वागत समेत गरिएकाे थियाे ।

पाेखरिया युवा समाजकाे आयाेजनामा भएकाे स्वागत कार्यक्रममा वाेल्ने वक्ताहरुले ग्रामिण भेगामा पनि ट्राफिक नियम पालना गर्नु पर्नेमा जाेड दिए । वक्ताहरुले सवारी साधन चलाउदा तिब्रगति नचलाउन, माेबाइलकाे प्रयाेग नगर्न, अनिवार्य हेल्मेट प्रयाेग गर्न, मादक पदार्थ तथा लागु औषध सेवन गरे सवारी साधन नचलाउन लगायतका ट्राफिक नियम पालनामा जाेड दिएका थिए ।

पाेखरिया युवा समाजका अध्यक्ष भवगान दास तात्वाकाे अध्यक्षता र प्रदेश सभा सदस्य प्रहलाद गिरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रदेश नं. २ का ट्राफिक प्रहरी प्रमुख हिमालय श्रेष्ठ, प्रदेश सभा सदस्य मंजुर अन्सारी, पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियार, उप मेयर सलमा खातुन, ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुमन कार्की लगायतकाले मन्तव्य राख्दै ट्राफिक नियमकाे पालना गर्नु पर्नेमा जाेड दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य युवा समाजका सचिव इनरदेव पटेल, संचालन सदस्य राकेश महताे, धन्यावाद ज्ञापन युवा समाजका सदस्य सुजित गिरी र साइकलिङ क्लब वीरगंजका अध्यक्ष संजन अग्रवालले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...