Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

संसद विघटन बिरुद्ध छिपहरमाईमा पनि कार्यक्रम

spot_img
spot_img

वीरगंज । संसद विघटनकाे बिरुद्ध पर्साकाे छिपहरमाई गाउँपालिकाकाे विभिन्न वडामा प्रदर्शन भएकाे छ । नेपाली कांग्रेसकाे पूर्व निर्धारित आन्दाेलनकाे कार्यक्रम अन्तर्गत बिहिबार वडास्तरी बिरोध प्रदर्शन गरिएकाे हाे ।

संसद विघटकाे विराेधमा छिपहरमाई गाउँपालिकाकाे वडा नम्बर ३, सानो जयमङ्गलापूरमा बिराेध सभा सम्पन्न भएकाे छ ।

बुथ सभापति कृष्ण सिंहकाे सभापतित्व र जिल्ला सदस्य नविन सिंहको प्रमिख अतिथिय्तामा भएको बिरोद्ध सभामा बिरेन्द्र राउत कुर्मी, दिपेन्द्र सिंह, गणेश साह, तबरेज आलम लगायतकाेले मन्तव्य राखेका थिए ।

साेही कार्यक्रममा कार्यक्रममा महेस साह कानु, कोशोरी साह कानु, किशाेरी गिरि, रामजी गिरी लगायतकाले नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका थिए । 

यस्तै, छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वामा पनि नेपाली कांग्रेसकाे विराेध कार्यक्रम सम्पन्न भएकाे छ ।

वडा नं. ५ भिस्वाका बुथ सभापति धूरेन्द्र साह कानूकाे सभापतित्वमा र जिल्ला सचिव किशोरी साहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जिल्ला सह सचिव बिरेन्द्र प्रसाद यादव, बिसनाथ साह, रघुबीर साह, सूरेश कुशवाहा, उमेश पटेल लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वाेल्ने वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदम विरुद्ध लड्न जरुरी रहेकाे धारणा राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...