Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

संसद विघटन बिरुद्ध छिपहरमाईमा पनि कार्यक्रम

spot_img
spot_img

वीरगंज । संसद विघटनकाे बिरुद्ध पर्साकाे छिपहरमाई गाउँपालिकाकाे विभिन्न वडामा प्रदर्शन भएकाे छ । नेपाली कांग्रेसकाे पूर्व निर्धारित आन्दाेलनकाे कार्यक्रम अन्तर्गत बिहिबार वडास्तरी बिरोध प्रदर्शन गरिएकाे हाे ।

संसद विघटकाे विराेधमा छिपहरमाई गाउँपालिकाकाे वडा नम्बर ३, सानो जयमङ्गलापूरमा बिराेध सभा सम्पन्न भएकाे छ ।

बुथ सभापति कृष्ण सिंहकाे सभापतित्व र जिल्ला सदस्य नविन सिंहको प्रमिख अतिथिय्तामा भएको बिरोद्ध सभामा बिरेन्द्र राउत कुर्मी, दिपेन्द्र सिंह, गणेश साह, तबरेज आलम लगायतकाेले मन्तव्य राखेका थिए ।

साेही कार्यक्रममा कार्यक्रममा महेस साह कानु, कोशोरी साह कानु, किशाेरी गिरि, रामजी गिरी लगायतकाले नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका थिए । 

यस्तै, छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वामा पनि नेपाली कांग्रेसकाे विराेध कार्यक्रम सम्पन्न भएकाे छ ।

वडा नं. ५ भिस्वाका बुथ सभापति धूरेन्द्र साह कानूकाे सभापतित्वमा र जिल्ला सचिव किशोरी साहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जिल्ला सह सचिव बिरेन्द्र प्रसाद यादव, बिसनाथ साह, रघुबीर साह, सूरेश कुशवाहा, उमेश पटेल लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वाेल्ने वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदम विरुद्ध लड्न जरुरी रहेकाे धारणा राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...