Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नेकपा प्रचण्ड–माधव समूहको क्षेत्रीय भेला सम्पन्न र संघर्ष समिति गठन

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको शनिबार विभिन्न स्थानमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएकाे छ । पर्साको निर्वाचन क्षेत्र नम्बर १ को परवानीपुर र क्षेत्र नम्बर २ को भेला सुगौलीमा सम्पन्न भएको छ ।

त्यस्तै पर्साको पोखरिया नगरपालिकामा पनि १५१ सदस्यीय प्रतिगमन विरुद्धको संघर्ष समिति गठन गरिएको छ ।

पर्साको क्षेत्र नम्बर १ को क्षेत्रीय भेलामा नेकपा प्रदेश कमिटि सदस्यहरु बालगोपाल थापा, संविधान सभा सदस्य विचारी यादव, नगर अध्यक्ष रहबर अन्सारी, जिल्ला सदस्यहरु गजाधर पटेल, प्रभु यादव, कमल बहादुर पिठाकोटे मगर, सुदीप लामा, नन्दकिशोर पञ्जियार, शम्भु गुप्ता, व्यास यादव, सुशील सिंह ठकुरी, वडा अध्यक्ष प्रद्युमन सेंढाई, पारस यादव, अमानत अन्सारी, अनेरास्ववियु केन्द्रीय सदस्य जुबैर आलम, युवा संघका महानगर अध्यक्ष उमेश ठाकुर लगायत जिल्ला तहका नेता र क्षेत्र नम्बर १ का सबै टोलका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

त्यस्तै पर्साको क्षेत्र नम्बर २ को सुगौलीमा भएको भेलामा नेकपा केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, प्रदेश कमिटि सदस्य बाबुराम कौशिक, जिल्ला सदस्य मनोज चौधरी, धन बहादुर श्रेष्ठ, ओमप्रकाश गुप्ता लगायतकाे सहभागिता रहेकाे थियाे ।

उस्मान अन्सारीको अध्यक्षतमा भएको कार्यक्रमको संचालन नेकपा जिल्ला सदस्य प्रभाकर गुप्ताले गरेका थिए ।

पोखरियामा नगर स्तरीय संघर्ष समिति गठन

नेकपा प्रचण्ड-माधव समुहकाे पर्साको पोखरिया नगरपालिकामा १५१ सदस्यीय संघर्ष समिति गठन भएकाे छ ।

नेकपा पोखरिया नगर कमिटिका सचिव पन्नालाल कुर्मीको अध्यक्षता र नेकपा पर्सा जिल्ला सचिव विजय महतोकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य रामबाबु बैठा, जिल्ला सदस्यहरु रामबचत महतो, निरञ्जन चौधरी, सञ्जीव चौधरी लगायतको उपस्थिति रहेको थियो ।

भेलाले पोखरिया नगरपालिकाको सबै वडामा भेलाको आयोजना गरेर संघर्ष समिति समेत गठन गर्ने निर्णय गरेको जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...