Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सुन्द्र कुर्मीद्वारा जसपा परित्याग गरि नेकपा ओली समुह प्रबेश

spot_img
spot_img

बीरगन्ज । जनता समाजवादी पार्टीका नेता सुन्दर प्रसाद कुर्मी पार्टी परित्याग गरी नेकपा ओली समुहमा प्रवेश गरेका छन् ।

स्थानिय तहकाे निर्वाचन हुनु अघि तत्कालिन नेकपा एमाले परित्याग गरी तत्कालिन संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका कुर्मी अहिले आएर फेरि नेकपा प्रवेश गरेका छन् ।  

नेकपा ओली समुहले सोमबार बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजना गरेको जिल्ला भेलामा नेता कुर्मीले नेकपा प्रवेश गरेका हुन् । यस अघि साेमबार विहान कुर्मीले आफ्नाे फेसबुकमा एक स्टेटस लेख्दै जसपा परित्याग गरेकाे घाेषणा गरेका थिए ।

भेलाका प्रमुख अतिथि उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले नेता कुर्मीलाई फुलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए । पार्टीले संगठन निर्माण र निर्वाचनमा गरेको योगदानलाई उचित मुल्यांकन नगरेको भन्दै कुर्मीले जसपा परित्याग गरेको बताएका छन् ।

स्थानीय निर्वाचनभन्दा केहि दिन अगाडी तत्कालिन एमालेसँग असन्तुष्टि जनाउँदै उनले तत्कालिन सङ्घीय समाजवादी फोरम नेपाल प्रवेश गरेका थिए । त्यसबेला पार्टीको जिल्ला उपाध्यक्षको जिम्मेवारी पाएका कुर्मीलाई राजपासँगको पार्टी एकीकरण पछि कुनै पद दिइएको थिएन ।

आफुले स्थानीय र संसदीय निर्वाचनमा सङ्घीय समाजवादी फोरमलाई जिताउन महत्वपूर्ण भूमिका खेलेपनि पार्टी सो योगदानको मुल्याकंन नगरेको कुर्मीले बताए ।

बारा जिल्लाका नेता बलबिर चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, शहरी विकासमन्त्री प्रभु साह, कानुनमन्त्री लिला श्रेष्ठ, पार्टीका नेता रघुवीर महासेठ, केन्द्रीय सदस्य राजकुमार गुप्ता, सुमन प्याखुरेल, पर्सा अध्यक्ष प्रभु हजरा लगायतले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...