Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

२०६ औं पर्सागढी विजय उत्सव मनाइयो

spot_img
spot_img

वीरगंज । तत्कालीन ब्रिटिश सरकारका सेनाबीच वि.सं. १८७१ को युद्धमा भएको विजयीको सम्झनामा आइतवार पर्सागढी नगरपालिकामा २०६ औं विजयोत्सव मनाइएको छ ।

विसं १८७१ मा नेपाल र भारतमा तत्कालीन ब्रिटिश सरकारका सेनाबीच भएको युद्धमा विजयी प्राप्त भएको सम्झनामा पर्सागढी नगरपालिकामा एक कार्यक्रमका बिच विजयोत्सव मनाइएको हो ।

पर्सागढी नगरपालिकाबाट विभिन्न बाजासहितको –याली निकाली नगरपरिक्रमापछि पर्सागढी मन्दिरमा पुगेर कोणसभा गरी सम्पन्न भएको थियो।

कोणसभामा बोल्दै मेयर लोकनारायण यादवले भारतमा रहेका ब्रिटिश सेनाको टुकडीले पर्सागढी नगरपालिकामा टेन्ट गाडी कब्जा गर्न खोज्दा नेपाली सेनाले ब्रिटिश सेनालाई भगाएको सम्झनामा आज विजयोत्सव मनाइएको बताए । उनले एतिहासिक महत्व बोकेको पर्सागढी मन्दिरलाई अझै व्यवस्थित बनाउन नगरकपालिकाले पूर्ण सहयोग गर्ने आश्वासन दिए ।

चण्डीप्रसाद गण वीरगंजका प्रमुख सेनानी मदनजङ्ग राणाले पर्सागढीमा गौरवका साथ उत्सव मनाउनुपर्ने बताए। हाम्रा पुर्खाले ज्यान दिएर यो ठाउँको रक्षा गरेको हुनाले ऐतिहासिक महत्वको पर्सागढीको संरक्षण, संवद्र्धनमा सबैले सहकार्य गर्नुपर्ने उनको भनाई थियो ।

विजयोत्सव कार्यक्रम पर्सागढी नगरपालिकाको आयोजना र पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेना, पर्यटक पत्रकार सङ्घ पर्सा, होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा, वीरगंज उद्योग वाणिज्य सङ्घको सहकार्यमा मनाइएको थियो ।

कार्यक्रममा अशिक्षादेवी थरुनी, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, होटल व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्त, वडाध्यक्षहरू तुलाराम चौधरी, किसुनदेव प्रसाद, वेदमनदास थारू, नेका बुथ सभापति जङ्गबहादुर दास थारू, उद्धव उप्रेती, समाजसेवी अच्छेलाल यादव, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरी, किशोरी राउत अहिर लगायतको सहभागिता थियो ।

कार्यक्रममा इन्जिनीयर जगविजय साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण गिरिराज कँडेलले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...