Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

पोखरीयामा जारी क्रिकेट प्रतियोगिताको फाईनलमा कालिकामाई प्रवेश

spot_img
spot_img

वीरगंज । पोखरियामा जारी पालिका स्तरिय टि २० क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको फाइनलमा कालिकामाई गाउँपालिका प्रबेश गरेको छ ।

पोखरिया नगरपालिकाको सहयोग र पोखरिया युवा समाजको आयोजनामा पोखरियाको शेरा फिल्डमा भइरहेको प्रतियोगिताको बुधबार भएको दाेस्राे सेमिफाइनल खेलमा सखुवा प्रसौनी गाउँपालिकालाई ४ विकेटले हराउदै कालिकामाई गाउँपालिका फाईनलमा प्रवेश गरेको हो ।

कालिकामाई ट्च जितेर फिल्डिङ राेजेपछि सुरुमा ब्याटिङ गरेकाे सखुवा प्रसौनी गाउँपालिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाइ १७३ रन बनाएको थियो ।

त्यस पछि १७४ रनको लक्ष्य पछ्याउँदै कलिकामाइ गाउपालिकाले १७ ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाई विजयी भएकाे थियाे ।

बुधबार भएको खेलकाे मैन अफ दि मैच ६२ रन बनाएका कालिकामाईका अवास तिवारी घाेषित भएका थिए ।

यस अघि विजयी भएका पाेखरिया नगरपालिका र कालिकामाई बिच शनिबार प्रतियाेगिताकाे फाइनल खेल हुने आयाेक पाेखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...