Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

८ बुंदे मांग राख्दै बाल सञ्जालहरुद्धारा जिप्रकामा ज्ञापन

spot_img
spot_img

वीरगंज । पर्साका बाल सञ्जालहरुले विभिन्न ८ बुंदे मांगसहित जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ ।

पर्सामा स्थानीय तहले बालबालिहरुकाहरुले पाएको अधिकार सुनिश्चित भएको प्रत्याभूति गराउन नसकेको भन्दै सोमबार बाल सञ्जालहरुले जिल्ला समन्वय समिति पर्सा र वीरगंज महानगरपालिकामा पनि ज्ञापन पत्र बुझाएको हो ।

संविधानले बालबालिकाको अधिकार सुनिश्चित गरेको भएपनि पर्साको वीरगंज महानगरपालिका र पर्सागढी नगरपालिका बाहेकका स्थानीय तहले अहिलेसम्म बाल क्लब सञ्जाल र महिला बालबालिाका तथा ज्येष्ठ नागरिकको शाखा नै नराखेका विज्ञप्तीमा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन साहले बताए ।

जिल्ला बाल कल्याण समिति पर्सामा हस्तान्तरण भएकोे ६ महिना भयो तर अहिले सम्म समिति बनेर केही ठोस निर्णय नभएको ज्ञापन पत्रमा उल्लेख छ ।

पर्साको प्रत्येक स्थानीय तहमा बाल मैत्री शासन राष्ट्रिय नीति २०६८ कार्यान्यन गरी समितिले हरेक पालिकामा सक्रिय काम गर्नु पर्र्ने, जिल्ला समितिले एउटा जिल्ला बाल क्लव समन्वय समिति बनाई जिल्लामा बाल कोषको स्थापना गर्नु पर्ने मांगसहित ८ बुंदे ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन साह, विन्दवासिनी बाल क्लब सञ्जालका अध्यक्ष अमन चौरसिया र महानगर बाल सञ्जाल वीरगंजका सदस्य कोमल गुप्ता लगायतको हस्तारक्ष रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...