Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

८ बुंदे मांग राख्दै बाल सञ्जालहरुद्धारा जिप्रकामा ज्ञापन

spot_img
spot_img

वीरगंज । पर्साका बाल सञ्जालहरुले विभिन्न ८ बुंदे मांगसहित जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ ।

पर्सामा स्थानीय तहले बालबालिहरुकाहरुले पाएको अधिकार सुनिश्चित भएको प्रत्याभूति गराउन नसकेको भन्दै सोमबार बाल सञ्जालहरुले जिल्ला समन्वय समिति पर्सा र वीरगंज महानगरपालिकामा पनि ज्ञापन पत्र बुझाएको हो ।

संविधानले बालबालिकाको अधिकार सुनिश्चित गरेको भएपनि पर्साको वीरगंज महानगरपालिका र पर्सागढी नगरपालिका बाहेकका स्थानीय तहले अहिलेसम्म बाल क्लब सञ्जाल र महिला बालबालिाका तथा ज्येष्ठ नागरिकको शाखा नै नराखेका विज्ञप्तीमा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन साहले बताए ।

जिल्ला बाल कल्याण समिति पर्सामा हस्तान्तरण भएकोे ६ महिना भयो तर अहिले सम्म समिति बनेर केही ठोस निर्णय नभएको ज्ञापन पत्रमा उल्लेख छ ।

पर्साको प्रत्येक स्थानीय तहमा बाल मैत्री शासन राष्ट्रिय नीति २०६८ कार्यान्यन गरी समितिले हरेक पालिकामा सक्रिय काम गर्नु पर्र्ने, जिल्ला समितिले एउटा जिल्ला बाल क्लव समन्वय समिति बनाई जिल्लामा बाल कोषको स्थापना गर्नु पर्ने मांगसहित ८ बुंदे ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन साह, विन्दवासिनी बाल क्लब सञ्जालका अध्यक्ष अमन चौरसिया र महानगर बाल सञ्जाल वीरगंजका सदस्य कोमल गुप्ता लगायतको हस्तारक्ष रहेको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सद्भाव र्‍यालीपछि पनि प्रदर्शन नरोकिएपछि वीरगंजमा फेरि निषेधाज्ञा लागू

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाको मुख्य क्षेत्रमा पुनः निषेधाज्ञा जारी गरेको छ । घण्टाघर क्षेत्रमा हिन्दु युवाहरूले टायर बालेर प्रदर्शन गरेपछि...

मधेशको तनावबीच पर्सामा सर्वदलीय बैठक बस्दै, ३ सांसद सहित विभिन्न दलका प्रतिनिधि सहभागि

वीरगंज । सुनसरीको कप्तानगञ्ज घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा बढ्दो तनावका बीच पर्सामा शान्ति, सुरक्षा र सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा...

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...