Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

ओली समुह अराजकहरुको झुण्ड हाे : नेता चाैधरी

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य एवं प्रदेश न. २ का सह इन्चार्ज नागेन्द्र चौधरीले ओली समुह अराजकहरुको झुण्ड भएको बताउनु भएको छ ।

नेकपा प्रचण्ड–नेपाल समुह पर्साको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता चौधरीले यस्तो बताउनु भएको हो । चौधरीले पार्टी विधान न मान्ने, देशको संविधान न मान्ने ओलीले खडा गरेको जमातहरुको प्रकृति हेर्दा अराजनीतिक जमात भएको हुनाले कोई पनि सच्चा कम्युनिस्ट उनको समुहमा टिक्न नसकेन दाबी गर्नु भयो ।

उहाँले ओलीले गरेको सांसद विघटन असंवैधानिक, अलोकतान्त्रिक, गैर राजनितिक भएकाेले उक्त कदमलाई सडक आन्दाेलनबाटै सच्याउन पार्टीका आम कार्यकर्तालाई आ आफ्नाे ठाउँबाट आन्दाेलित भई याेगदान गर्न आवहान गर्नु भयाे ।

नेकपा केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साहले ओलीकाे सर्वसत्तावादी साेच र राज्य मै हु भन्ने जस्ता अहंकारका कारण नेकपाबाट ओली चाेइटनु पर्ने आवस्था आएकाे वताउनु भयाे ।

उहाँले जाे काेईकाे अहंकारलाई कम्युनिष्ट पार्टीले कहिलै स्विकार नगरेकाेले ओलीकाे पनि अहंकार नेकपाले स्विकार नगर्ने र नेपाली कम्युनिष्ट आन्दाेलनकाे इतिहासमा ओलीकाे नाम कालाे अक्षरले लेखिने दाबी गर्नु गर्नु भयाे ।

अर्का केन्द्रिय सदस्य एवं वीरगंज महानगर इन्चार्ज दिनेश राईले केपी ओलीकाे कदम निरंकुश पंचायती व्यवस्था जस्तै भएकाेले उनकाे हविगत पनि तत्कालिन राजाहरु जस्तै हुने वताउनु भयाे ।

प्रदेश नं. २ का प्रदेश कमिटी सदस्य छाेटेलाल यादवले राजनितिकाे र नजान्ने, कम्युनिष्टकाे क नजान्ने, केही लम्पठ पुजिवादीहरु घेराबन्दीका कारण ओली बिग्रीएकाे वताउनु भयाे ।

वीरगंज महानगर अध्यक्ष रहब अन्सारीले ओलीकाे असंवैधानिक कदमलाई साथ दिएकी विद्या भण्डारी पनि उनीसंगै सत्ति जाने बाटाेमा रहेकी वताउनु भयाे । 

अन्सारीले अनुशासनलाई पट्कै अनुशरण गर्न नजान्ने ओली पहिला पनि कम्युनिष्ट थिएनन् र आज पनि उनी कम्युनिष्ट हाेइनन् त्यस कारण काेई पनि सच्चा कम्युनिष्ट उनकाे पक्षमा वकालत नगर्ने दाबी गर्नु भयाे ।

नेकपा पर्साका सचिव विजय महताेकाे अध्यक्षतामा भएकाे कार्यकर्ता भेलामा संविधान सभा सदस्य विचारी यादव, प्रदेश कमिटी सदस्य रामबाबु बैठा, नेता रामश्रअ राम, जिल्ला कमिटी सदस्य मनाेज चाैधरी, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन प्रदेश कमिटी सदस्य बालगाेपाल थापाले गर्नु भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...