Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

संसद विघटनकाे विरुद्ध जसपाद्वारा वीरगञ्जमा मसाल जुलुश प्रदर्शन

spot_img
spot_img

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) पर्साले संसद विघटनको विरुद्ध वीरगञ्जमा शनिबार सांझ मसाल जुलुश निकालेको छ ।

जनता समाजवादीकाे पूर्व निर्धारित आन्दाेलनकाे कार्यक्रम अन्तर्गत वीरगञ्जको घडिहर्वा, पानगल्ली र घण्टाघर गरी ३ ठाउँबाट निकालिएको मसाल जुलुशमा प्रहरीले हस्तक्षेपसमेत गरेकाे थियाे । मशाल जुलुश प्रदर्शनकाे क्रममा प्रहरी र प्रदर्शनकारीविच दोहोरो झडप हुँदा दुवै पक्षका आधा दर्जनभन्दा बढीलाई सामान्य चोटपटक समेत लागेको छ । 

तत्कालिन संघिय समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादब र तत्कालिन राष्ट्रिय जनता पार्टी पर्साका अध्यक्ष जगदिश पटेलको सयुक्त नेतृत्वमा  मसाल जुलुश निस्केकाे थियाे ।

मशाल जुलुश प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको आक्राेसमा चर्काे नारावाजी समेत गरेका थिए । 

मशाल जुलुश प्रदर्शन कार्यक्रममा प्रदेश सभा सदस्य रमेश कुर्मी, प्रहलाद गिरी, वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, नेता शशीकपुर मियाँ, राजेशमान सिँह, पुरुषोत्तम झा, नेजामुदिन समानी, तबरेज अहमद, रामचन्द्र पण्डित, सलाउदिन अहमद, प्रदिप जैसवाल, रम्भा मिश्रा, मुन्नी श्रीवास्तव, फिरोज मन्सुर, ओमप्रकाश सर्राफ, निखिल वर्णवाल, सुजित गिरी, सरोज यादव, सुशिल साह कानु, एजाजबाबु राकी, मधुसुदन चौरसिया लगायतको सहभागिता रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...