Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

माछापुच्छ्रे बैंकका कार्ड हाेल्डरहरुलाई सात्विक आयुर्वेेद अस्पतालले छुट दिने

spot_img
spot_img

वीरगंज । माछापुच्छ्रे बैंक प्राइभेट लिमिटेड वीरगंज र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र वीरगंज बिच शु्क्रबार एक सम्झाैता भएकाे छ ।

सम्झाैताका अनुसार माछापुच्छ्रे बैंकमा खाता भएका कार्ड हाेल्डहरुले सात्विक आयुर्वेद अस्पतालमा सेवा लिदा ५ देखी १० प्रतिशत सम्म छुट पाउने छन् । माछापुच्छ्रे बैंकका खाताधारी तथा कार्ड हाेल्डहरुले अस्पतालकाे सेवा, परामर्श र औषद्धि खरीदमा छुट पाउने अस्पतालका प्रमुख चिकित्सक डा. प्रभाकर मनुले वताए ।

अस्पतालले माछापुच्छ्रे बैंकका खाताधारीहरु तथा कार्ड हाेल्डरहरुलाई ओपिडि, प्याथलाेजी, मेडिसिनमा ५ प्रतिशत र पंचकर्मा, फिजियोथेरेपी, आईपीडी (बेड चार्ज) मा १० प्रतिशत छुट प्रदान गरिने उनले जानकारी दिए ।

सम्झाैता पत्रमा माछापुच्छ्रै बैंक वीरगंज शाखाका प्रबन्धक मनिष उपाध्याय, सर्भिस म्यानेजर किरण केसी, सरस्वती पाैडेल, अस्पतालका प्रमुख चिकित्सक डा. प्रभाकर मनु र साझेदार विट्टु  कुमारी साहले हस्ताक्षर गरेका छन् ।

साे सम्झाैता पत्र वीरगंज घडिअर्वास्थित रहेकाे आयुर्वेद अस्पतालमा भएकाे एक कार्यक्रमकाे बिच एक अर्कालाई हस्तान्तरण गरिएकाे थियाे ।

अस्पतालले मधुमेह, थाईराइड, उच्च रक्तचाप, याैन सम्बन्धि समस्याहरु, किड्नी पथरी, पित थैली पथरी, पाइल्स, बांझाेपन, बालबालिका सम्बन्धि समस्याहरु, मानसिक समस्याहरु, माईग्रेन, टाउकाे दुखाई, निद्रा सम्बन्धि समस्या, गैस्ट्रिक तथा कब्जियत लगायतका उपचार सेवा दिदै आएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नेपालगन्ज कांग्रेस नगर सभापतिमा विनोद रिजालको सशक्त दाबी

नेपालगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका नगर सभापति पदका लागि युवा नेता विनोद रिजालले सशक्त दाबी प्रस्तुत गरेका छन् । लामो राजनीतिक...

लोककल्याणकारी विज्ञापनकाे रकम कटौतीप्रति सत्तारुढ सांसद पन्तको आपत्ति

वीरगंज । प्रतिनिधिसभाको शून्य समयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेको भन्दै आपत्ति जनाएका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा पर्सा...

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...