Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

सखुवा प्रसाैनी पनि सेमिफाइनल प्रबेश, अब पाेखरियासंग खेल्ने

spot_img
spot_img

वीरगंज । पाेखरियामा जारी टि२० क्रिकेट टुर्नामेन्ट प्रतियाेगिताकाे सेमिफाइनलमा सखुवा प्रसाैनी गाउँपालिका प्रबेश गरेकाे छ ।

पाेखरिया नगरपालिकाकाे सहयाेग र पाेखरिया युवा समाजकाे आयाेजनामा पाेखरियाकाे शेरा फिल्डमा भइरहेकाे प्रतियाेगिताकाे बिहिबार भएकाे खेलमा जगरनाथपुर गाउँपालिकालाई हराउदै सखुवा प्रसाैनी गाउँपालिका विजयी भएकाे हाे । 

सुरुमा टस जितेर ब्याटिङ गरेकाे सखुवा प्रसाैनीले पुरै २० ओभर खेल्दै ८ विकेटकाे नाेक्सानीमा एक सय ९२ रन बनाएकाे थियाे । त्यसपछि एक सय ९३ रनकाे लक्ष्य पुरा गर्न जवाफी ब्याटिङमा उत्रेकाे जगरनाथपुरले १४ ओभर ५ बल खेल्दै पुरै विकेटकाे नाेक्सानीमा एक सय रन मै समेटिएपछि सखुवा प्रसाैनी विजयी भएकाे थियाे ।

खेलकाे म्यान अफ द म्याच ३५ बलमा ६२ रन बनाएका सखुवा प्रसाैनीका युवराज साह घाेषित भएका थिए ।

अब यस अघि विजयी भएका पाेखरिया नगरपालिका र सखुवा प्रसाैनी बिच शनिबार खेल हुने आयाेजक पाेखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वाले वताए । दुबै मध्ये विजयी हुने टिमले प्रतियाेगिताकाे फाइनल प्रबेश गर्ने उनले जानकारी दिए ।

बिहिबारकाे खेलमा विजयी टिम सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल पनि सहभागि भएका थिए ।

शुक्रबार बहुदरमाई नगरपालिका र विन्दवासिनी गाउँपालिका बिच खेल हुने छ । प्रतियाेगिताकाे बिजेता हुने टिमलाई रु ८१ हजार र उप विजेतालाई रु ४१ हजार पुरस्कारी प्रदान गरिने आयाेजकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...