Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

छिपहरमाईमा आगलगी, २ घर जलेर नष्ट

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. ३ जयमंगलापुरमा बुधबार राति आगलगी भएकाे छ ।

राति १२ बजे भएकाे आगलगीले २ वटा कंची घर पुर्ण रुपले जलेर नष्ट भएकाे छ । स्थानिय गणेश गणेश साह र ज्युत साहकाे घर जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ ।

आगलगीले गणेश साहकाे गाई १ वटा, बाछी १ वटा, लत्ताकपड, धान र चामल जलेर नष्ट भएकाे छ । आगलगीले करिब १० लाख बराबरकाे क्षति भएकाे पिडितले जनाएका छन् ।

यस्तै आगलगीले ज्युत साहकाे घरमा राखिएकाे धान, चामल र लत्ताकपडा जलेर रु ३ लाख ५० हजार बराबरकाे क्षति भएकाे पिडितले जनाएका छन् ।

आगलगी एक घण्टा पछि बुडगाई प्रहरी चाैकी, पाेखरिया नगरपालिकाबाट पुगेकाे दमकल र स्थानियकाे सहयाेगमा नियन्त्रणमा आएकाे स्थानियहरुले  वताएका छन् । आगलगी कसरी र के ले भएकाे भने खुल्न सकेकाे छैन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...