Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

छिपहरमाईमा आगलगी, २ घर जलेर नष्ट

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. ३ जयमंगलापुरमा बुधबार राति आगलगी भएकाे छ ।

राति १२ बजे भएकाे आगलगीले २ वटा कंची घर पुर्ण रुपले जलेर नष्ट भएकाे छ । स्थानिय गणेश गणेश साह र ज्युत साहकाे घर जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ ।

आगलगीले गणेश साहकाे गाई १ वटा, बाछी १ वटा, लत्ताकपड, धान र चामल जलेर नष्ट भएकाे छ । आगलगीले करिब १० लाख बराबरकाे क्षति भएकाे पिडितले जनाएका छन् ।

यस्तै आगलगीले ज्युत साहकाे घरमा राखिएकाे धान, चामल र लत्ताकपडा जलेर रु ३ लाख ५० हजार बराबरकाे क्षति भएकाे पिडितले जनाएका छन् ।

आगलगी एक घण्टा पछि बुडगाई प्रहरी चाैकी, पाेखरिया नगरपालिकाबाट पुगेकाे दमकल र स्थानियकाे सहयाेगमा नियन्त्रणमा आएकाे स्थानियहरुले  वताएका छन् । आगलगी कसरी र के ले भएकाे भने खुल्न सकेकाे छैन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...