Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

बाबा ११ पाेखरिया सेमिफाइनलमा

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरियामा जारी पालिका स्तरिय टि२० क्रिकेट टुर्नामेन्ट प्रतियाेगिताकाे सेमिफाइनलमा पाेखरिया नगरपालिकाकाे बाबा ११ क्रिकेट टिम प्रबेश गरेकाे छ ।

पाेखरिया नगरपालिकाकाे सहयाेग र पाेखरिया युवा समाजकाे आयाेजनामा जारी प्रतियाेगितामा छिपहरमाई गाउँपालिकालाई ९० रनले हराउँदै पोखरिया नगरपालिकाकाे बाबा ११ क्रिकेट टिम सेमिफाइनलमा प्रबेश गरेकाे हाे ।

ट्च हारेर बैटिङ गरेकाे पोखरिया नगरपालिकाकाे बाबा ११ ले पुरै २० ओवर खेल्दै ३ विकेटको छतिमा २३६ रन बनाएको थियाे । २३७ रनकाे लक्ष्य पुरा गर्न जवाफी बैटिङमा उत्रेकाे छिपहरमाई गाउँपालिकाले सबै बिकेटकाे नाेक्सानीमा १४७ रन मै समेटिए पछि पाेखरिया विजयी घाेषित भएकाे थियाे ।

मंगलबार भएकाे खेलकाे म्यान अफ द म्याच ३७ बलमा सतक बनाएका पोखारियाका बिकास दास घाेषित भएकाे आयाेजक पाेखरिया युवा समाजका अध्यक्ष भगवान दासले वताए ।

पाेखरियाकाे शेरा फिल्डमा भइरहेकाे प्रतियाेगिताकाे विजेताले रु ८१ हजार र उप विजेताले रु ४१ हजार पुरस्कार पाउने छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...