Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

संसद विघटनलाई अदालतले उल्ट्याउन सक्दैन : प्रधानमन्त्री

spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुनर्बहाली गर्न नसक्ने दाबी गरेका छन्।

आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले संसद पुनर्बहाली हुन नसक्ने बताएका हुन्। सर्वोच्चले संसद पुनर्बहाली गर्न नसक्नुमा जनमतलाई आधार बनाएका छन्। विशेष समय लिएर लामो समय बोलेका ओलीले भने,‘६४ प्रतिशत जनमत लिएको प्रधानमन्त्रीले विघटन गरेको हो। अदालतले उल्टाउन सक्दैन।’

प्रधानमन्त्री ओलीले बोल्ने क्रममा धेरै समय प्रचण्ड र माधव समूहलाई निशाना बनाएका थिए। सरकारलाई असहयोग गरेको, सबै नियुक्तिमा भागवण्डा खोजेको,पार्टीभित्रै प्रतिपक्षको भूमिका खेलेको उनले आरोप लगाएका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...