Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कतातिर जान्छन् बादल, ओलीले बोलाएको भेलामा गृहमन्त्री बादल अनुपस्थित

spot_img
spot_img

काठमाडौं । संसद विघटनसँगै नेकपा नेताहरु केपी शर्मा ओली कि पुष्पकमल दाहाल प्रचण्ड समूहमा लाग्ने भनेर कित्ता क्लियर गर्ने अभियानमा छन् ।

सुरुबाटै खुलेका बाहेक केही नेताहरु अझै कुन कित्तामा लाग्ने भन्नेमा अझै अलमलमा छन् । त्यसै मध्येका पूर्व माओवादी समूहबाट गृहमन्त्री समेत भएका सचिवालय सदस्य रामबहादुर थापा बादल यदि पार्टी विभाजन भए कुन कित्तामा लाग्लान् भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

यद्यपी वादल हिजो दिनभरका घटनाक्रममा प्रचण्ड समूहका कार्यक्रममा कतैपनि सहभागी भएनन् । यति मात्रै होइन पूर्वमाओवादी समूहबाट मन्त्री भएका ५ जनाले राजनीनमा दिदाँ बादल र लेखराज भट्टले राजीनामा गरेनन् ।

यसअघिपनि बादल कुनैपनि समुहमा खुलिसकेका थिएनन्, तर ओलीलाई बढी साथ दिएका थिए । पार्टी विवाद चर्कदै जादा बादलले दुवै अध्यक्ष मिल्नुपर्छ भन्ने मध्यमार्गी लाइन समातेका थिए ।

बुधबार प्रचण्ड समूहले बोलाएको स्थायी समिति बैठकमा समेत सहभागी नभएका बादललाई अहिले उनको समूहका धेरै नेताहरुले प्रतिगमनलाई सहयोग पुग्ने ओलीको कदमलाई साथ दिन छोडेर परिवर्तनकारी कित्ता प्रचण्ड नेपाल समूहमा आउन दवाव दिइरहेका छन् ।

‘हामीले बादललाई ओलीको मतियार बन्नुहुन्न भनेर प्रेसर दिइरहेका छौ’ यसअघि मोहन वैद्यसँग छुटिएर माओवादी केन्द्रमा बादलसँगै आएका एक केन्द्रीय सदस्य भन्छन्, ‘हामी वैद्यबाट छुट्टिएर यता आएका ३५ जना केन्द्रीय सदस्य छौँ सवै ओलीको विपक्षमा छौँ । तर बादल खुल्नु भएको छैन ।

हामी उहाँलाई मनाउने प्रयास गरिरहेका छौ ।’उनका अनुसार ओलीको मतियार बन्नुभनेको प्रतिगमनलाई सहयोग गर्नु हो ।

त्यतिमात्रै होइन बादलका स्वकीय सचिव समेत रहेका सूर्य सुवेदी समेत बादलको कित्ताबारे केही बोलेका छैनन् । सुवेदीकी श्रीमति ज्ञानु बस्नेत समेत नेकपा केन्द्रीय सदस्य हुन् । बस्नेते ओलीको कदमको फेसबुकमार्फत विरोध गरिसकेकी छन् ।

यसैबीच बादल समूहको बैठक अहिले मन्त्री निवास पुल्चोकमा बसिरहेको छ । बैठकमा नेताहरु देव गुरुङ, पम्फा भुषाल र हितमान शाक्य लगायतका नेताहरुले ओली कित्ता छाडेर प्रचण्ड कित्तामा जान पुनर्विचार गर्न आग्रह गरिरहेका छन् ।

यही बेला बालुवाटारमा ओलीले बोलाएको निर्वतमान सांसदहरुको भेलामा पनि बादल गएका छैनन् । ओलीले बोलाएको भेलामा अत्यन्त थोरै मात्राका सांसदहरुमात्रै सहभागी भएको बताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...