Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

संसद विघटनको बिरोधमा वीरगंजमा प्रदर्शन, केही बेर तनाव

spot_img
spot_img

वीरगंज । संसद विघटनको बिरोधमा आईतबार वीरगंजमा प्रदर्शन भएको छ । सत्तारुढ दल नेकपा पर्साका नेता तथा कार्यकर्ताहरुले वीरगंजको घण्टाघरमा संसद विघटनको बिरुद्धमा प्रदर्शन गरेका हुन ।

बिरोधका क्रममा उनीहरुले संसद विघटनको निर्णय तत्काल फिर्ता लिन मांग गरेका थिए ।

प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले टायर बाल्न खोज्दा प्रहरीले हस्क्षेप गरेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरी बिच केही बेर सामान्य झडप भई तनाव सृजना समेत भएको थियो । सोही क्रममा प्रहरीले नेकपा पर्साका युवा नेता मनोज चौधरीलाई केही बेर नियन्त्रणमा समेत लिएको थियो ।

संसद विघटन गर्नु असंबैधानिक र अलोकतान्त्रिक भएको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।

बिरोध प्रदर्शनमा नेकपाका केन्द्रिय सदस्य दिनेश राई, प्रदेश सदस्य छोटेलाल यादव, बालगोपाल थापा, पर्सा जिल्ला सचिव बिजय महतो, युवा नेता मनोज चौधरी, अरुण यादव लगायतको सहभागिता रहेको थियो ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...