Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पकहा मैनपुरमा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको पकाहा मैनपुर गाउँपालिकामा शनिबार नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नम्बर ३ स्थित पकाहा मैनपुरको श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा शिविर सम्पन्न भएको हो ।

शिविरकाे उद्घाटन स्थानिय समाजसेवी हृदयनारायण कुशवाहाले गरेका थिए । शिविरको उद्घाटन गर्दै कुशवाहाले नि:शुल्क आँखा शिविरले लामो समयदेखि दृष्टि सम्बन्धि समस्यासँग लडिरहेका गाउँपालिकावासीलाई धेरै सहयोग मिलेको बताए ।

उनले आँखा शिविरबाट मोतिबिन्दु पता लागेको सम्पूर्ण व्यक्तिको किरण आँखा अस्पतालमा शल्यक्रिया हुने बताउँदै आगामी दिनमा गाउँपालिकाका अन्य वडाहरुमा समेत शिविरको आयोजना गरिने जानकारी दिए ।

शिविरमा १ सय ४० जनाको आँखा जाँचले गराएका थिए । जसमध्ये ५० जनामा मोतिबिन्दुको समस्या पता लागेको अस्पतालको दृष्टि बिशेषज्ञ डाक्टर मनोरञ्जन यादवले बताए । मोतिबिन्दु पता लागेकाहरुको सोमबार र मंगलबार किरण आँखा अस्पताल वीरगञ्जमा शल्यक्रिया गरिने डाक्टर यादवले बताए । 

शिविर उद्घाटन समाराेहमा स्थानिय रुपेश कुमार, दिप नारायण ठाकुर, गौरी शंकर साह, जगुल सहनी, शत्रुधन पटेल, राकेश कुशवाहा, राजेश चौधरी, रामबाबु चौरसिया लगायतकाे उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...