Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पाेखरियामा पालिका स्तरिय क्रिकेट टुर्नामेन्ट प्रतियाेगिता सुरु

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगरपालिकामा पालिका स्तरिय क्रिकेट टुर्नामेन्ट प्रतियाेगिता शुक्रबारदेखी सुरु भएकाे छ ।

पाेखरियास्थित शेरा फिल्डमा सुरु भएकाे प्रतियाेगिताकाे एक कार्यक्रमकाे बिच पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारले उद्घाटन गरेका थिए । प्रतियाेगिताकाे उद्घाटन गर्दै मेयर राैनियारले भाैतिक विकाससंग संगै खेलकाे विकास पनि जरुरी रहेकाे वताए । 

पाेखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वाकाे अध्यक्षतामा भएकाे प्रतियाेगिता उद्घाटन समाराेहमा वडाध्यद्वय नन्दलाल पटेल, सुरेन्द्र यादव, जसपाका नेता नेजामुदिन सम्मानी, शंकर प्रसाद अहिर, विन्दाचल ठाकुर लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

पाेखरिया युवा समाजका दिनेश मिश्राले स्वागत मन्तव्य राखेकाे उद्घाटन कार्यक्रमकाे संचालन युवा समाजका सुजित गिरीले गरेका थिए ।

उद्घाटन खेलमा आयाेजक पाेखरिया विजयी

पाेखरिया नगरपालिकाकाे सहयाेग र पाेखरिया युवा समाजकाे आयाेजनामा सुरु भएकाे प्रतियाेगिताकाे उद्घाटन खेलमा पाेखरिया नगरपालिका विजयी भएकाे छ । जगरनाथपुर गाउँपालिकालाई ७४ रनले हराउदै पाेखरिया नगरपालिकाकाे बाबा ११ क्रिकेट टिम विजयी भएकाे हाे ।

टच जितेर बैटीङ्ग राेजेकाे पाेखरियाले पुरै २० ओभर खेल्दै ९ विकेटकाे नाेक्सानीमा एक सय ५७ रन बनाउन सफल भएकाे थियाे ।

त्यसपछि एक सय ५८ रनकाे लक्ष्य पुरा गर्न जवाफी बैटिङ्गमा उत्रेकाे जगरनाथपुरले १६ ओभर खेल्दै पुरै विकेटकाे नाेक्सानीमा ८७ रन मै समेटिए पछि पाेखरिया विजयी भएकाे आयाेजक पाेखरिया युवा समाजका अध्यक्ष तात्वले वताए ।

शुक्रबार भएकाे पहिलाे दिनकाे खेलकाे म्यान अफ द म्याच ३४ रन बनाएका र २ विकेट लिएका पाेखिरयाका सेराजुल हवारी घाेषित भएका उनले जानकारी गराए ।

१५ दिन सम्म चल्ने प्रतियाेगिताकाे विजेता टिमलाई रु ८१ हजार र उप विजेता टिमलाई रु ४१ हजार पुरस्कार राशी प्रदान गरिने आयाेजकले जनाएकाे छ । प्रतियाेगितामा ८ वटा पालिका स्तरिय टिमकाे सहभागिता रहने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...