Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

कार्यालय प्रमुखकाे व्यवस्थापन र उखु किशानकाे रकम निकास गर्न माग

spot_img
spot_img

वीरगंज । कृषी ज्ञान केन्द्र पर्सा २ महिनादेखी कार्यालय प्रमुख विहिन हुदा सेवा प्रभावित  भएकाे छ ।

किसान हकहित संघर्ष समिति पर्साले आज जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रदेश नं. २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई ज्ञापन पत्र बुझाउदै कृषी ज्ञान केन्द्र पर्सा करिब २ महिनादेखी कार्यालय प्रमुख विहिन रहेकाेले पर्सेली किसानहरुबाट प्राप्त सेवाहरुबाट बन्चीत रहेकाे बारे सराेकारवालाकाे ध्यानाकर्षण गराएकाे छ ।

किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम गद्दीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा आ.व. २०७६/०७७ मा ज्ञान केन्द्र पर्साकाे १०० प्रतिशत बजेट लेपस भएकाे, कृषी ज्ञान केन्द्र प्रदेश नं. २ सरकारकाे प्रमुख मुख्यमन्त्रि पर्सा कै भएपनि पर्सेली किसानहरुकाे समस्या बारे नबाेल्नु दु:खद कुरा भएकाे उल्लेख गरिएकाे छ ।

ज्ञापन पत्रमा ज्ञान केन्द्रबाट आ.व. २०७७/०७८ मा संचालन हुने कार्यक्रमहरु सिचाई यान्त्रिकमा सहयाेग, स्यालाे टयुबेल, माेटर बिउ अनुदान, बजार सेड निर्माण, प्लान्ट किलनिक संचालन, आकस्मीक बाली संरक्षण, कृषकहरुकाे क्षमता विकास तालिम, आदी कार्यक्रम जुन किशासनहरुलाई काेराेनाले आर्थिक मार गरेकाेमा यसले किसानहरुलाई राहत पुग्नेछ । किसानहरुकाे मत लिएर जितेका प्रतिनिधिहरुले यस बिषयमा नबाेल्नु भाेली किसानहरुकाे आन्दाेलन भारतकाे किसानहरुकाे आन्दाेलनकाे रुपमा जादा सबै पक्षमा नकारत्मक प्रभाव पर्ने उल्लेख गरिएकाे छ ।

यसका साथै नेपालमा उखु किसानकाे बारेमा माैन संघ सरकार र प्रदेश सरकार, उनीहरुकाे गत र यस आर्थिक बर्षकाे रकम नपाउनुमा संघर्ष समितिकाे ध्यानाकर्षण भएकाे जनाएकाे छ । ज्ञापन पत्र मार्फत नै सम्बन्धित निकायले चाडै भन्दा चाडै कृषि ज्ञान केन्द्र पर्सामा कार्यालय प्रमुखकाे व्यवस्थापन र उखु किसानहरुकाे रकम उपलब्ध गराइदिन संघर्ष समितिले माग समेत गरेकाे छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्काे कार्यालय प्रदेश नं. २, जनकपुर र कृषी तथा पशुपन्छी मन्त्रालय, सिंहदरबार काठमाडाैलाई ज्ञापन पत्र बाेद्धार्थ गरेकाे संघर्ष समितिले ७ दिन भित्र माग सम्बाेधन नभए आन्दाेलन गर्ने चेतावनी समेत दिएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...

सरकारको ऋणभार बढ्दोः सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौँ । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन...

जिल्लावासीलाई भारी वर्षामा सतर्क रहन जिल्ला प्रशासन कार्यालय पर्साको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय  (जिप्रका) पर्साले जिल्लावासीलाई भारी वर्षामा सतर्क रहन अनुरोध गरेको छ । यही असोज ९ देखि असोज ११ गतेसम्म देशका विभिन्न...