Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

जिल्ला स्तररिय एडभाईजरी बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । जिल्ला स्तरिय एडभाईजरी बैठक आइतबार वीरगंजमा सम्पन्न भएको छ ।

भिएसओ नेपाल र दिव्य युवा क्लबको साझेदारीमा संचालित किशोरी शसक्तिकरणको लागि शिक्षा कार्यक्रम अन्तर्गत विरगंजस्थित भिस्वा हाेटलमा बसेकाे बैठक सम्पन्न भएकाे हाे ।

बैठकमा बाेल्दै शिक्षा विकास समन्वय एकाई पर्साका प्रमुख फत्त वहादुर श्रेष्ठले किशोरी शिक्षा तथा विद्यालयमा समावेशी शिक्षा कार्यान्वयनका लागी सबै मिलेर लाग्नु पर्ने वताए । कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका प्रखुख श्रेष्ठले विधालयको ब्यबस्थापन तथा शिक्षण पद्धतीलाई सुधार गर्न जिल्ला स्तरमा रहेका सबै सरोकारवाला निकायहरु त्यतिनै जिम्मेवारी रहेको कुरामा जाेड दिए ।

परियोजना संयोजक गणेश ठकुरीले आ.ब.२०७६/०७७ को प्रगति समिक्षा र आ.ब.२०७७/०७८ को कार्ययोजना बारेमा जिल्ला स्तरमा रहेका सरोकारवाला निकायहरुलाई प्रस्तुतिकरणको माध्यमबाट जानकारी गराएका थिए ।

कार्यक्रमका सहजकर्ता बृजकिशाेर पटेलले राष्ट्रीय, प्रदेश तथा जिल्ला स्तरमा रहेका तथ्याङ्कहरुलाई प्रस्तुत गर्दै शिक्षाका सवालहरु र आगामी दिनमा गरिने प्रयासको बारेमा पनि सहिजकरण गरेका थिए ।

दिब्य युवा क्लवका अध्यक्ष देवनाथ ठाकुराको अध्यक्षतामा भएकाे बैठकमा जिल्ला प्रसासन कार्यालय पर्सा, जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा, जिल्ला घरेलु उधोग कार्यालय, महिला सेल, विरगंज महानगरपालिका, जगरनाथपुर गाउँपालिका, धोविनी गाउँपालिका, माईति नेपाल, पत्रकार महासंघ, जिल्ला अपाङ्ग संघ पर्सा, गैरसरकारी संस्था महासंघ पर्साका साथै जिल्ला स्तरमा रहेका सरकारी तथा गैरसरकारी संस्थाका २५ जना प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...