Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

संघियता ल्याउनमा संचारमाध्यमकाे भुमिका महत्वपूर्ण : मूख्यमन्त्री गद्दी

spot_img
spot_img

वीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले संघियता, लोकतन्त्र र गणतन्त्र स्थापनामा संचारमाध्यमको महत्वपुर्ण भुमिका रहेको बताउनुभएको छ ।

रिडियाे वीरगंजकाे १८ औं बार्षिकाेत्सवकाे अवसरमा आयाेजित शुभकामना अदाप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री गद्दीले २०६२/६३ को आन्दोलन होस् वा ६३/६४को आन्दोलन होस् हरेक कालखण्डमा संचारमाध्यमकाे भुमिका महत्वपुर्ण देखिएको उहाँले चर्चा गर्नुभयो । लोकतन्त्र बचाउने प्रमुख भुमिकामा संचाकर्मी नै रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका मुख्यमन्त्री गद्दीले नाकाबन्दीको बेला सिमाक्षेत्रमा गरिएको आन्दोलन तुहाउन तत्कालिन गृहमन्त्रीले गरेको षड्यन्त्रलाई बीरगंजका संचाकर्मीकाे सकारात्मक भुमिका कै कारण आफुहरु निष्फल पार्न सफल भएको उहाँले स्मरण गराउनुभयो । आज पनि संघिय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न चलखेल भईरहेको उहाँले आरोप लगाउनुभयो ।

अहिलेको लोकतान्त्रिक व्यवस्थालाई समाप्त पार्न नदिन संचारकर्मी र रेडियोले निरन्तर सकारात्मक भुमिका निर्वाह गर्दै अगाडी बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको सभापतित्वमा भएकाे कार्यक्रममा प्रदेश  नं. २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, प्रतिनिधि सभा सदस्य प्रदिप यादव, हरिनारायण रौनियार, प्रदेस सभा सदस्य राजेश्वर साह, प्रहलाद गीरी, बीरगं महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, नेपाली कांग्रसका पर्सा जिल्ला सभापति अजय द्विवेदी, बीरगंज उद्योग वाणीज्य संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका सदस्य गोपाल केडिया, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल पत्रकार संघ पर्साका सभापति श्याम बन्जारा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा राजनितिकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी, रेडियोका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

साे अवसरमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त, नारायणी अस्पतालका चिकित्सक डा. उद्य नारायण सिंह र जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्थ निरिक्षक जयमाेद ठाकुरलाई सम्मानसमेत गरिएकाे थियाे । काेराेना महामारीमा राम्राे काम गरेकाे भन्दै रेडियाे वीरगंजले तिनै जनालाई सम्मान पत्रले दाेसल्ला ओढाएर आफ्नाे बार्षिकाेत्वकाे अवसरमा सम्मान गरेकाे हाे ।

मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंजले आफनो प्रसारणको १८ वर्ष पुरा गरी १९ औँ बर्षमा प्रवेश अवसरमा आयाेजित कार्यक्रममा रेडियो वीरगंजकी समाचार वाचिका निलिमा पौडेललाई उत्कृष्ट कर्मचरीको रुपमा नगद रु ११ हजारसहित सम्मान पत्र, दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा रेडियो वीरगंजमा १८ बर्षदेखि निरन्तर रुपमा कार्यरत रहि अभिभावकको भूमिका रहनु भएको भन्दै सम्पादक रामनारायण कुर्मीलाई दोसल्ला ओढाई कदर पत्रसहित सम्मान गरिएको थियाे । सो अवसरमा रेडियो वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारीलाई रेडियोको स्तर वृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै दोसल्ला ओढाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा रेडियो वीरगंजका समाचार वाचक एवं कार्यक्रम प्रस्तोता उज्जवल घिमिरे, लेखाप्रमुख राजेश चौधरी, मार्केटिङ्ग प्रमुख महम्मद जनाव आलम, समाचार वाचिका एवं कार्यक्रम प्रस्तोता अनिता कुँवर, समाचार वाचक एवं प्राविधिक रंजित यादव, सम्वाददाता आरके पटेल, राधेश्याम पटेल, युवराज खड्का, छठु साह, ओमप्रकाश चौधरी, सिकेन्द्र पासवान, संजय मिश्र, प्राविधिक रामप्रवेश चौधरी, ओमप्रकाश मिश्र, प्रदिप पडित, विपिन साह, कार्यक्रम प्रस्तोता मंकेश्वर गुप्ता, समाचार वाचक प्रवेज आलम, सुरक्षागार्ड किशोरी साह, प्रेम पटेल, कार्यालय सहयोगी लालझरी देवी सहित २७ जना कर्मचारीलाई सम्मान गरिएको थियाे ।

सो अवसरमा कर्मचारीहरुको सुखदुःखमा साथ दिने कुशल व्यवस्थापकको रुपमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहलाई कर्मचारीहरुकाे तर्फबाट पनि सम्मान गरिएको थियो । कर्मचारीहरुको तर्फबाट साहलाई दोसल्ला ओढाउनुका साथै प्रमुख अतिथि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, सांसद प्रदिप यादवले मधेशाको पहिचान गम्छा, र नेपालीको प्रतिक ढाकाको टोपी लगाएर सम्मान गर्नु भएको थियो ।

यसैविच रेडियो वीरगंजले १८ बर्ष पुरा गरी १९ औं बर्षमा प्रवेश गरेको अवसरमा कार्यकारी अध्यक्ष ध्रुव साहले एक प्रेस विज्ञप्ती जारी गरी रेडियो बीरगंजका आम स्रोता, विज्ञापनदाता, शुभचिन्तकहरु प्रति आभार प्रकट गर्नु भएको छ । साहद्वारा जारी विज्ञप्तीमा सबैको अपार स्नेहका कारण अहिले २ हजार वाटमा रेडियोको प्रसारणलाई प्रदेश २ का सबै जिल्ला तथा प्रदेश ३ का समेत अधिकांश जिल्लाहरुमा रहेका स्रोता माझ पुर्याईएको बताउनु भयो ।

उहाँले गत बर्ष रेडियो टावरलाई आधुनिकिकरण गरी ४० फिट थप अग्लो बनाइ प्रसारण क्षमतामा तराईकै पहिलो रेडियो वन्ने जमर्को गरेको समेत विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

रेडियो बीरगंज मध्यतराई मै पहिलो पटक चौविसै घण्टा प्रशारण हुने एक मात्र रेडियो रहेको र अहिले १८ औ वार्षिकोत्सव मनाई रहदा रेडियो वीरगंजको भातृ संस्थाको रुपमा रेडियो पोखरिया १०५.८ मेगाहर्ज र टेलिभिजनको दुनियामा श्रोतालाई अब दर्शकको रुपमा समेत समेटने प्रयास स्वरुप टिभी वीरगन्जको परिक्षण प्रशारण गरि रहेको जानकारी दिनुभयो ।

विज्ञप्तीमा १८ बर्ष सम्म रेडियो वीरगंजलाई अपार माया, स्नेह, प्रदान गर्ने स्रोता, विज्ञापनदाता, शुभचिन्तकहरुको विश्वासलाई थप मजबुद बनाउन रेडियो वीरगंजले रेडियो पोखरीया र टिभी विरगंज श्रोता तथा दर्शकहरु माझ ल्याएको बताउदै आगामी दिनमा मनोरञ्जनको दुनियामा रम्ने श्रोताहरुका लागि म्युजिकल एफएम १००.३ मेगाहर्ज छिट्टै श्रोता माझ ल्याउने प्रतिबद्धता समेत कार्यकारी अध्यक्ष साहले जाहेर गर्नु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...