Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

एसपी अधिकारीले उठाइदिए ६ महिनामै अघिल्लो वर्षको ५ गुणा बढी राजश्व

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ६ महिनामै अघिल्लो वर्षमा उठको राजश्वको ६ गुणा बढी राजश्व उठाएको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा कपिलवस्तुबाट ५५ लाख राजश्व उठाइएको थियो । तर, यो आर्थिक वर्षको ५ महिना र अघिल्लो आर्थिक वर्षको असारसमेत गरी अघिल्लो वर्षभन्दा ५ दशमलव ६५ गुणा बढी अर्थात ३ करोड ११ लाख राजश्व उठेको छ ।

यो आर्थिक वर्षका ५ महिनामा मात्रै २ करोड ६४ लाख ९२ हजार ८ सय ३० रुपैयाँ राजश्व उठाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले अघिल्लो वर्षको तुलनामा धेरै नै राजश्व उठाउन आफूहरु सफल भएको बताए ।

‘अघिल्लो आर्थिक वर्ष कपिलवस्तुबाट प्रहरीले ५५ लाख राजश्व दाखिला गरेको थियो’ एसपी अधिकारीले भने, ‘यो आर्थिक वर्षको ५ महिनामा हामीले २ करोड ६४ लाख ९२ हजार ८ सय ३० रुपैयाँ राजश्व उठाउन सफल भएका छौं ।’

एसपी अधिकारी कपिलवस्तुमा प्रहरी प्रमुख भएर गत असार ५ गते पुगेका थिए । उनी पुगेपछि अहिलेसम्म ३ करोड ११ लाख राजश्व उठेको हो ।

कपिलवस्तु सिमावर्ती जिल्ला हो । सिमा नाकाबाट सामान भित्र्याउने र बाहिर पठाउने गर्दा प्राय धेरै राजश्व उठ्ने गर्छ । कार्यालयको रेकर्ड अनुसार अहिलेसम्म सवारी साधन, लत्ता कपडा, किराना सामान, रागा भैसी, खसी बोका, केराउ, सुन, चाँदी र अन्य सामानको भन्सारवापत त्यती राजश्व उठेको हो ।

त्यस्तै प्रहरीले ५ महिनामा विभिन्न आरोपमा फरार रहेका ८८ जनालाई पक्राउ गरी १४ लाख ५१ हजार १४४ जरिवाना गराएको छ भने २८ वर्ष २ महिना २९ दिन कैदका लागि सम्बन्धित निकायमा पठाएको छ ।

प्रहरी कार्यालयमा अहिलेसम्म विभिन्न विभिन्न प्रकृत्तिका आत्महत्याका ५४ घटना दर्ता भएको र तीनको छानबिन भइरहेको तथ्यांकमा उल्लेख छ । अघिल्ला वर्षहरुमा भन्दा अहिले कसरी बढी राजश्व उठ्यो भन्दा एसपी अधिकारी भन्छन्, ‘हामीले सिमामा जाँच बढाएका छौ । कानुनको पालनामा कडाइ गरेका छौ ।’

स्थानीय र जिल्लाबासी प्रहरी प्रमुख भएर अधिकारी आएपछि जिल्लामा हत्या हिंसाका घटनामा कमी आएको बताउँछन् । उनी जिल्लामा पुगेपछि चोरी, डकैती र कानुन उल्लंघन गरेर ज्याजती गर्ने घटना कम भएका छन् ।

अधिकारी एसपीमा बढुवा भएपछि केही समय प्रहरी मुख्यालयमा बसेर पहिलो पटक जिल्लाको प्रमुख भएर कपिलवस्तु गएका हुन् । उनले आफूलाई अव्वल देखाउनका लागि पनि राम्रो काम गरिरहेका उच्च पदस्थ प्रहरी अधिकारीहरु बताउँछन् । तर, उनी जिल्लाको प्रमुख भएको पहिलो पटक भने होइन ।

उनी प्रहरी नायव उपरीक्षक (डिएसपी) हुँदा दार्चुलामा जिल्ला प्रहरी प्रमुख भएका थिए । त्यहाँ रहदा पनि अधिकारीले राम्रो काम गरेका थिए । त्यसबाहेक डिएसपी हुँदा अधिकारी जिल्ला प्रहरी कार्यालय बाराको सेकेण्डम्यान भएर केही समय बसे ।

कालीमाटी बृत्तको प्रमुख भएर बसे भने प्रहरी एकेडेमीमा पनि बसे । त्यस्तै प्रहरी निरीक्षक हुँदा उनी पुल्चोक, अछाम, डडेलधुरा, कञ्चनपुरमा काम गरे । ४ वर्ष डडेलधुरामा निरीक्षकका रुपमा विताएका अधिकारीले राम्रो काम गरेको भन्दै जिल्लामा प्रशंसा बटुलेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...