30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पर्सासहित मध्य–तराईमा एक्कासी हुस्सो र शितलहर

वीरगंज । पर्सा लगायत मध्य–तराईमा एक्कासी चिसो बढेको छ । आज बिहानैदेखी अत्यधिक कुहिरो लागेर एक्कासी चिसो बढेको छ । बिहानैदेखी सितलहरसंगै बढ्दै गएको चिसोको कारण बृद्ध बृद्धा तथा बालबालिकाहरु घरबाट बाहिर निस्कनेहरुको संख्यामा कमी आएको छ ।

चिसोको कारण सबै भन्दा बढि बालबालिका तथा बृद्ध बृद्धा प्रभावित भएका छन् । बिहानै देखी शितलहर चलेर जाडो बढ्दै गएपछि बालबालिका तथा बृद्ध बृद्धा आगो बालेर ताप्ने गरेका छन् ।

हुस्सो र शितलहरको कारण चिसो बढ्दै गएपछि बालबालिकामा निमोनिया र बृद्धाहरुमा दम खोकीको असर देखा पर्न सक्ने भएकोले घरभित्रै सुरक्षति बस्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

चिसो बढेपछि पसकिो सदरमुकाम वीरगंज शहरमा मानिसको चहलपहल घटेको छ । पर्साको ग्रामिण भेगबाट हजारौको संख्यामा दैनिक मजदुरी गर्न वीरगंज आउने मजदुर पनि प्रभावित भई उनीहरुको संख्यामा कमी आएको छ । निरन्तर यसरी नै कुहिरो बढ्दै गयो भने दैनिक मजद’री गरि जिविकोपार्जन गर्ने परिवार समेत मारमा पर्ने अवस्था आउँन सक्छ ।

कुहिरोले गर्दा २५/३० मिटर पर देखिएको छैन् । जसले सवारी साधन आवत जावतमा पनि कमी आएको छ र केही सवारी साधनहरु लाईट बालेर चलिरहेका छन् । सवारी साधन लाईट बालेर चलाए पनि पूर्वपश्चिम राजमार्गमा कुहिरोले दुर्घटनाको जोखिम बढेको देखिन्छ ।

प्रत्येक वर्षझै यसवर्ष पनि हुस्सो र शितलहरले हुने जोखिमबाट बचाउँन विपत व्यवस्थापन समिति अगाडीदेखी नै सक्रिय हुन आवश्यक रहेको बुद्धिजिवीहरुले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.015 sec. Memory consumption:81.46 mb