Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

निजामती कर्मचारी संगठन पर्साकाे भवन पूर्व प्रम नेपालद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति पर्साकाे भवन बुधबार उद्घाटन गरिएकाे छ ।

वीरगंजस्थित जिल्ला समन्वय समिति पर्साकाे दक्षिण पट्टी निर्माण गरिएकाे दुई तल्ले भवनकाे पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गरेका हुन् । नवनिर्मित भवनलाई उद्घाटन गर्दै नेकपाका बरिष्ट नेतासमेत रहेका नेपालले कर्मचारी सरुवा प्रणालीलाई प्रादर्शि बनाउनु पर्ने वताए । उनले त्यसकाे लागि सिस्टम बसाल्नु पर्ने धारण जरुरी रहेकाे वताए ।

उनले भने “यसका साथै राम्राे काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्नु पर्छ र नराम्राे काम गर्नेलाई दण्डितसमेत गर्न सक्नु पर्छ ।”

अक्राे प्रसंगमा कुरा राख्दै नेता नेपालले भ्रष्टचारीलाई तह लगाउन सक्नु पर्ने वताए । उनले भने सरकारले भ्रष्टचारीलाई तह लगाउन सक्नु पर्छ, भ्रष्टचारीलाई तह नलगाए सम्म देशमा समृद्धि आउन सक्दैन । त्यसकाे लागि भ्रष्टचारीलाई तह लगाउन सक्ने खालकाे सिस्टम बसाल्नु पर्छ ।”

पार्टीकाे आन्तरिक बिवाद सम्बन्धमा वाेल्दै नेता नेपालले पार्टीमा काेई महामहिम नभएकाे वताए । उनले भने “सबैले पार्टीकाे निर्णय मान्नु पर्छ । पार्टी भन्दा माथी काेइ हुदैन, पार्टीले जे निर्णय गर्छ त्यसलाई सबले मान्नु पर्छ ।”

प्रधानमन्त्रि केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने “आजिवन पदमा बसिरहने साेचबाट टाँढिनु पर्छ र पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने साेचतर्फ लाग्नु पर्छ ।”

कार्यक्रममा प्रमुख अतिथीसमेत रहेका नेता नेपालले साधारण जगमा अडिएकाे पार्टी नेकपा नभएकाे वताउदै नआतिन र चिन्नतासमेत नलिन नेता तथा कार्यकर्ताहरुलाई आग्रहसमेत गरे ।

नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा नेपाल निजामती कर्मचारी अधिकारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भाेलानाथ पाेखरेल, नेपाल निजामती कर्चारी संगठनका निवर्तमान अध्यक्ष माेहन कुमार घिमिरे, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेकपा पर्साका अध्यक्ष प्रभु हाजरा लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेकपा प्रदेश नं. २ का सह इन्चार्ज नागेन्द्र चाैधरी, प्रतिनिधि सभा सदस्य शेखचान्द तारा, पुष्पा कर्ण, पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियार, पटेर्वा सुगाैली गाउँपालिका अध्यक्ष हरिनारायण चाैधरी, जिराभवानी गाउँपालिका अध्यक्ष रामपृत महताे, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केशी लामिक्षाने, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान, राघव साह, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य मंजु लाता कुशवाहा लगायतकाे सहभागिता रहेकाे थियाे ।

नेपाल निजामती कर्मचारी अधिकारी ट्रेड युनियन पर्साका अध्यक्ष सुभादार यादवले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे संचालन नेपाल निजामती कर्मचारी संगठन पर्साका सचिव संताेश कुमार यादवले गरेका थिए ।

नवनिर्मित भवनकाे शिलान्यास २०७१ साल जेठ १४ गते तत्कालिन समान्य प्रशासन मन्त्री लालबाबु पण्डितद्वारा गरिएकाे थियाे । 

त्यसकाे ६ बर्षपछि निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष गिरीकाे सक्रियतामा भवन निर्माण सम्पन्न भएपछि उद्घाटन गरिएकाे हाे । विभिन्न कर्मचारीकाे चन्दा सहयाेगले रु २३ लाख १२ हजार एक ७० मा भवन निर्माण सम्पन्न भएकाे वताइएकाे छ ।

उद्घाटन समाराेहमा भवन निर्माणमा सहयाेग गर्नेलाई दाेसल्ला ओढाएर सम्मानसमेत गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...